Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

मर्न नपाएको भन्दै देश छोडे वैज्ञानिक गुडअलले

मर्न नपाएको भन्दै देश छोडे वैज्ञानिक गुडअलले

एजेन्सी/ अष्ट्रेलियाका १०४ वर्षे वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो घर र देश छोडेका छन् । आफ्नो जीवनको अन्त्य गर्न वैज्ञानिक गुडअल मृत्यु यात्रामा निस्किएका हुन् । डेविड गुडअल बोटनी र इकोलोजीका वैज्ञानिक हुन् । आफ्नो जीवनमा सम्मानजनक अन्त्य लागि घर छाड्न चाहेको बताएका छन् ।बेलायतमा जन्मिएर अस्ट्रेलियामा बस्दै आएका शताब्दी काटेका उनलाई कुनै ठूलो स्वास्थ्य समस्या छैन । यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उनको भनाइ छ । केहीअघि आफ्नो जन्मदिनका अवसरमा उनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भनेका थिए, ‘मलाई यो उमेरसम्म आइपुगेकोमा पछुतो छ, म खुशी छैन, म मर्न चाहन्छु ।’

लामो समयसम्म चलेको विवादपछि गत वर्ष अस्ट्रेलियाको एक राज्यमा ‘असिस्टेड डाइङ’लाई कानुनी मान्यता दिइएको थियो । गम्भीर रोग लागेको व्यक्तिका लागि मात्र त्यो सुविधा दिइने प्रावधान छ । उनमा कुनै गम्भीर रोग नभएका कारण त्यहाँ उनले स्वेच्छिक मृत्युका लागि देश छाड्नु परेको हो । डा. गुडअलका अनुसार उनी स्वेच्छिक मृत्युका लागि स्वीट्जरल्याण्डको एक क्लिनिकमा जाँदैछन् । तर मृत्यु रोज्नकै लागि कानूनी अड्चनका कारण आफ्नो देश छाड्नुपर्दा भने आफूलाई दुःख लागेको उनको भनाइ छ ।

उनी केही साता अघिमात्र पश्चिम अस्ट्रेलियाको पर्थस्थित आफ्नो एउटा सानो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । घरमै लडेर केही दिन अशक्त भएपछि चिकित्सकले उनलाई हेरचाहको खाँचो रहेको भन्दै अस्पतालमै बस्न सुझाव दिएका थिए । कुनै अपरिचित व्यक्तिको हेरचाहमा बस्नुभन्दा ‘स्वेच्छिक मृत्यु’ सम्मानजक हुने भन्दै उनले त्यसयता देहत्यागका लागि योजना बनाएको बताइन्छ ।

एकान्तप्रेमी उनी धेरै मानिससँग घुलमिल गर्न चाँहदैनन् । स्वीटजरल्याण्ड जानुअघि उनी फ्रान्समा आफ्ना परिवारसँग भेट गर्दैछन् । त्यसपछि केही निकट र आफन्तका साथ उनी जीवनको अन्तिम यात्रामा निस्कनेछन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *