Search
Friday 27 April 2018
  • :
  • :
Latest Update

रबि लामिछानेमाथि अध्यागमन विभागद्वारा छानबिन : नियम विपरीत गतिविधि नगरेको प्रतिवेदन पेश !

रबि लामिछानेमाथि अध्यागमन विभागद्वारा छानबिन : नियम विपरीत गतिविधि नगरेको प्रतिवेदन पेश !

नेपालमा पत्रकारिता गर्दागर्दै रबि लामिछाने अमेरिका हानिए । अमेरिकाबाट नेपाल फर्किएपछि फेरि पत्रकारितामा नै फर्किए । त्यतिबेलासम्म उनलाई थोरैले मात्र चिन्थे ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटा प्रस्ताव लिएर गए । लाइभ टेलिभिजन सोमा सिधा जनताका प्रश्नका प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम चलाउने ।

लामिछानेको प्रस्तावमा ओली राजी भए । नेपाल टेलिभिजनमा सुरु भयो कार्यक्रम– सिधा कुरा प्रधानमन्त्रीसँग । कार्यक्रम लोकिप्रिय भयो ।

अकस्मात सरकार फेरियो । कांग्रेसको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्डसँग उनले सो कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव राखे । तर, स्वतन्त्र पत्रकारलाई प्रचण्डले विश्वास गरेनन्, आफ्नै पार्टीका पत्रकारलाई राखेर सो कार्यक्रम चलाए ।

आफूले सिर्जना गरेको कार्यक्रम अरुलाई सुम्पिएर लामिछाने बिदा भए । प्रचण्डले उक्त कार्यक्रमबाट उनलाई निकाल्नु नै उनको जीवनमो टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

त्यसपछि न्यूज २४ टेलिभिजनमा उनले जनतासँग सिधा कुरा जनतासँग सुरु गरे । जनताका कुरा सम्बन्धित निकायसम्म पु¥याउन थाले । मिठो स्वरमा निकै आक्रामक शैलीमा कार्यक्रम चलाउने उनको शैली निकै हिट भयो ।

उनकै कार्यक्रमकै कारण कतिपय हिरासतमा पुगे, कतिपयको जागिर गयो । धेरै पीडितहरुले न्याय पाए । जनताको नजरमा अहिले देशका सबैभन्दा लोकप्रिय पत्रकार बन्न पुगेका छन् । लोकप्रियता बढेसँगै समस्या पनि बढ्न थाल्यो ।

कानुनतः उनी अमेरिकी नागरिक हुन् । अमेरिकाको पिआर लिइसकेका छन् । कुनै पनि बिदेशी नागरिकले नेपालमा बसेर काम गर्न अनुमती लिनुपर्छ ।

त्यो कुरा लामिछानेलाई पनि थाहा थियो । त्यसकारण उनले अध्यागमन विभागबाट वर्किङ भिसा लिए । तर, वर्किङ भिसाको मापदण्डमा यस्तो कार्यक्रम चलाउन मिल्ने प्रावधान छै्रन । जसकारण केही व्यक्तिहरुले उनीविरुद्ध उजुरी गरेका छन् । दृष्टिन्युजमा खबर छ ।

हेलो सरकारमा गरेको उजुरीका आधारमा गृह मन्त्रालयले उनीमाथि छानबिन गर्न अध्यागमन विभागलाई २ महिनाअघि पत्राचार गरेको थियो । सोही अनुसार विभागले उनीमाथि छानबिन गरेको छ । स्रोतका अनुसार विभागका अधिकारीले उनलाई बोलाएर सोधपुछ गरेका थिए ।

लोकप्रिय व्यक्ति भएकाले उनले वर्किङ भिसााको नियमविपरीत गतिविधि नगरेको भन्दै गृह मन्त्रालयमा प्रतिवेदन पेश भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारका केही व्यक्तिहरुले उनलाई फसाउन समेत खोजेका थिए । तर, केपी ओली नेतृत्वको सरकार बनेपछि लामिछाने ढुक्क छन् । इताजाखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *