Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

भारत नेपाली स्वतंत्र महासंघको संरक्षणमा  प्रथम नेपाल-भारत मैत्री महोत्सव २०७५ सम्पन्न

भारत नेपाली स्वतंत्र महासंघको संरक्षणमा  प्रथम नेपाल-भारत मैत्री महोत्सव २०७५ सम्पन्न

नयाँ दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा नयाँ वर्ष विस २०७५ को उपलक्ष्यमा अखिल भारत नेपाली स्वतंत्र महासंघको संरक्षणमा  प्रथम नेपाल-भारत मैत्री महोत्सव २०७५ सम्पन्न भएको छ।

वर्तमान परिदृश्यमा नेपालमा क्षेत्रगत  महोत्सवहरुको तरंग नै चलिरहेको अवस्थामा  यही तरंग लाई निरन्तरता दिदै नयाँ दिल्लीको एंड्रयूज गंजमा दुई दिने (१४-१५ अप्रिलमा) नेपाली सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो।

अहिलेको समयमा भारत प्रवासमा गरिने एकदिने कार्यक्रम मुख्यरुपले सांस्कृतिक कार्यक्रमको नाममा समेटिएका थिए तर प्रथम नेपाल (भारत मैत्री मोहत्सव दुई दिनसम्म नेपाली मौलिकतामा सजिएको थियो।

कार्यक्रमका मुख्य आकर्षण नेपाली कलासंस्कृति, नेपाल नेपालीलाई चिनाउने नेपाली विरासतको प्रदर्शनीका साथै गायन र नृत्यमा दिल्ली आइडलको पनि घोषणा गरिएको हो।

प्रतियोगिताका विजेतालाई दोस्रो दिन मञ्चमा शिल्ड तथा प्रमाणपत्रद्वारा सम्मानित गर्दै गायन र नृत्य  प्रदर्शन देखि  प्रभावित भइ उपस्थित अतिथि र दर्शकहरुबाट सो इच्छाले नगद पुरस्कार दिएका थिए।

नित्यमा प्रथम बिजेता सृस्टि अधिकारीलाई भारतका वित्त मंत्री अरुण जेटलीका पीए बलराम भंडारी ले ४,०००, टीकाराम कड़ेल ले द्दण्ण्ण्, मुथूट फाइनांसका अनिल कार्कीले छण्ण्ण् नगद पुरस्कार दिएका थिए।

नेपालका चर्चित गायक गायिका राजु परियार, देवि घर्ती, हाँस्य कलाकार उज्ज्वल  गिरि तथा प्रवासमा स्थापित स्थानिय कलाकारहरुको साथ दिल्ली आइडलमा भाग लिएका प्रतियोगीको बेजोड प्रस्तुति रहेको थियो।

प्रसिद्ध लोक तथा दोहरी गायक राजू परियार, देवी घर्ति र खेम सेन्चुरीले साँगीतिक प्रस्तुतीमा कार्यक्रम निकै रोमाञ्चक भएको थियो।

पहिलो दिन गायन तथा तृत्य प्रतियोगीको प्रदर्शनलाई मुल्याकन गरि राजू परियार, देवी घर्ति र खेम सेन्चुरीद्वारा नृत्यमा पहिलो स्थान सृस्टि अधिकारी, दोस्रो निशा श्रेष्ठ, र तेस्रो स्थानमा मुना खनाल रहेका छन्। त्यस्तैगरी गायन प्रतियोगितामा पहिलो गोविन्द पोख्रेल, दोस्रो सुरज बिसी, तेस्रो स्थान चोपेंद्र बिसी भएका थिए।

प्रथम नेपाल-भारत मैत्री मोहत्सव कार्यक्रमबाट प्रभावित भइ कार्यक्रममा आफ्नो सहभागिता गराउदै लोक तथा दोहरी गायक राजू परियारले प्रथम बिजेता (नृत्य) सृष्टि अधिकारीलाई भारतका वित्त मंत्री अरुण जेटलीका निजी सचिव बलराम भण्डारी ले ४,०००, टीकाराम कड़ेलले २०००, मुथूट फाइनांसका अनिल कार्कीले ५००० नगद पुरस्कार दिएका थिए।

गायन तर्फबाट प्रथम बिजेता गोविन्द पौडेलले एल्बम निकाल्दा सहयोग गर्ने घोषणा गरे। उक्त कार्यक्रममा दुर्गा प्रसाद आर्यालले सभापतित्व ग्रहण गरेका गिए भने कार्यक्रमका प्रमुख अतिथि केशब प्रसाद अधिकारी, विशिष्ट अतिथि तुलाराम शर्मा रहेका थिए।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्दिजिबी, समाजसेवी, कलाकारका साथ दिल्लीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम संचालन हाँस्य कलाकार  उज्ज्वल गिरिले गरेका थिए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *