Search
Thursday 26 April 2018
  • :
  • :

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल । दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको छ।

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो।

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो।

यसरी अपहरण गरी उनलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो।

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो।

अपहरण गरेर उत्तर कोरिया पु-याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेको पनि जनाइएको थियो।

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उनलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *