Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

सवारी दुर्घटनामापरी नगर प्रमुख गम्भीर घाइते

सवारी दुर्घटनामापरी नगर प्रमुख गम्भीर घाइते

रुकुम । रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित छ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे १ झ २४३ नंंको गाडी मेलैनाउलीमा आज दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेहरुमा चौरजहारी नगरपालिका-५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नं. ३ का तेजबहादुर बटाला, वडा नंं ४ का कमला बुढाथोकी, वडा नंं २ का पार्वती न्यौपाने र वडा नंं ७ का रामप्रसाद आचार्य छन्।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। गम्भीर घाइते भएका प्रमुख शर्माको बायाँ हात र निधारमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

उनीहरुको उपचार चौरजहारी मिशन अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते भएका प्रमुख शर्मालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *