Search
Friday 27 April 2018
  • :
  • :
Latest Update

स्वस्थ अनि मिठो ‘ग्रीन सलाद’ यसरी घरमै बनाएर खान सकिन्छ

स्वस्थ अनि मिठो ‘ग्रीन सलाद’ यसरी घरमै बनाएर खान सकिन्छ

हरियो सागसब्जी हाम्रो शरीरको लागी अत्यावश्यक कुरा हो। स्वस्थ्य रहनको लागी हरियो सागसब्जी अनिवार्य खाने गर्नुपर्छ।हामीले आफ्नै घरमा ‘ग्रीन सलाद’ बनाएर समेत खान सक्छौ।
कसरी बनाउने हरियो सलाद जानौं सजिलो विधी

सामग्री:
-काक्रो
-गोलभेडा
-हरियो र सुकेको प्याज
-सलाद साग
-गाजर
यी माथी दिइएका बाहेक अरु आफूलाई मनपर्ने कुराहरु पनि मिसाउन सक्नुहुनेछ।

विधि:
माथि उल्लेख गरिएका सबै कुराहरु पहिला सफा पानीले धुने र स-साना टुक्रा बनाएर काटेर सफा भाडामा राख्ने।त्यसपछि सबैलाई एकै ठाउँमा मोल्ने अनि नुन,कागतीको रस,पिरो स्वाद अनुसार हाल्ने।तयार भएको सलादमा यदि तपाईंको घरमा उपलब्ध छ भने जैतुनको तेल (ओलिभ ओयल )राख्न सक्नुहुन्छ।

यसरी तयार हुन्छ ‘ग्रीन सलाद’ जसले तपाईंलाई सधैँ स्वस्थ्य राख्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *