Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

चलचित्र चङ्गा’को पहिलो गीत कम्पनी माला सार्वजनिक

चलचित्र चङ्गा’को पहिलो गीत कम्पनी माला सार्वजनिक

फिल्म ‘चङ्गा’को पहिलो गीत कम्पनी माला सार्वजनिक भएको छ । गीतको भिडीयोमा सम्पूर्ण कलाकारहरुलाई डान्सिङ मुडमा देख्न सकिन्छ । उक्त गीतमा राजनराज शिवाकोटीको संगीत, अन्जु पन्त र राजनराज शिवाकोटीको स्वर, र राजेन्द्र थापाको शब्द रहेको छ ।

जेठ २५ गते रिलिज हुने फिल्ममा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का, बाल कलाकार लकी भण्डारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको उक्त फिल्ममा रविन आचार्यको छायांकन रहेको छ । कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको ‘चङ्गा’को कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *