Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

तपाई कति सेक्सी हुनुहुन्छ ? यसरी आफै थाहा पाउन सकिन्छ

तपाई कति सेक्सी हुनुहुन्छ ? यसरी आफै थाहा पाउन सकिन्छ

विपरीत लिंगका व्यक्तिहरु तपाईप्रति कति आकर्षित हुन्छन्, यसको एउटा विज्ञान छ । उनीहरु कुनै विशेष कुरा देखेर तपाईतिर आकर्षित हुने गर्दछन् । यही आकर्षणले तय गर्दछ कि तपाई कत्तिको सेक्सी हुनुहुन्छ ।

किन हुन्छ आकर्षण ?

वैज्ञानिकहरुका अनुसार पार्टनर चयन गर्नुको मुख्य उद्देश्य सन्तान उन्पादन गर्नु हो । स्वस्थ पार्टनरले नै स्वस्थ सन्तान जन्माउन सक्दछ । त्यसैले तपाईको अनुहार हेरेरै मानिसहरुले थाहा पाउने गर्दछन् कि तपाई पार्टनर बन्न लायक हुनुहुन्छ वा हुनुहुन्न । अर्थात यसैले तपाई सेक्सी भए नभएको तय हुने गर्दछ ।

स्वास्थ्य नै सबै हो ?

सबैको मुख्य कुरा त राम्रो स्वास्थ्य नै हो । क्यानडाका साइकोलजिस्ट डेनियल रे र निकोलस रुलले आफ्नो लेख करेन्ट डाइरेक्शनमा उल्लेख गरेअनुसार तपाईको अनुहारबाट तपाईका बारेमा थाहा पाउन सकिन्छ । कसरी?

अनुहारको लाली

यदि तपाई स्वस्थ हुनुहुन्छ भने तपाईको रक्तसञ्चार सही हुनेछ । त्यसमा अक्सिजनको मात्रा सही हुनेछ । र, यो देखिनेछ तपाईको आफ्नै अनुहारको लालीका रुपमा ।

पहँलो चमक

अनुहार पहेँलो हुनु विरामीको संकेत हो । तर, अनुहारमा पहेँलो चमक देखिनु सेक्सी हुनुको प्रतिक हो । धेरै फलफूल, सागसब्जीमा कैरटनोएड्स हुन्छ, जसले अनुहारमा पहेँलो चमक उत्पन्न गराउँछ । अर्थात तपाई धेरै फलफूल र सागसब्जी सेवन गर्नुहुन्छ भने यस्तो चमक आउनेछ ।

अनुहारमा फ्याट

तपाईको अनुहारमा जति धेरै फ्याट हुनेछ, तपाई स्वस्थ हुनुहुन्छ भन्नेमा त्यति नै धेरै आशंका गर्न सकिन्छ । र, जति संदिग्ध तपाईको स्वास्थ्य हुनेछ, त्यति नै तपार्य अरुका सामु कम सेक्सी लाग्नुहुनेछ । एजेन्सी




Leave a Reply

Your email address will not be published. Required fields are marked *