Search
Friday 27 April 2018
  • :
  • :
Latest Update

स्वास्थ्यका लागि व्यायमको महत्व? व्यायममा सोच यसरी महत्वपूर्ण हुन्छ ?

स्वास्थ्यका लागि व्यायमको महत्व? व्यायममा सोच यसरी महत्वपूर्ण हुन्छ ?

यदि तपाई स्वयमलाई फिट राख्न चाहनु हुन्छ र तपाईको पछिल्लो कोशिस फेल भइसकेको छ भने तपाईले एक्सरसाइजसँग सम्बन्धित आफ्नो सोचमा ध्यान दिनु आवश्यक छ।

अमेरिकाको स्टेनफर्ड युनिभर्सिटीको एउटा शोधमा एक्सरसाइजका विषयमा मानिसको सोच र उनीहरुको स्वास्थ्यबीच गहिरो सम्बन्ध रहने गरेको खुलासा गरेको छ।

मनमा लुकेको छ तन्दुरुस्तीको रहस्य

अमेरिकाको स्टेनफर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले २१ वर्षको समयमा ६१ हजार वयस्क व्यक्तिको मृत्युसँग सम्बन्धित आँकडा अध्ययन गरेका थिए । अध्ययनमा उीहरुको एक्सरसाइजको तथ्याङ्क, विशेषगरी उनीहरुको आफ्नो एक्सरसाइज र आफ्नो साथीद्वारा गरिएको एक्सरसाइजलाई हेर्ने दृष्टिकोणमा ध्यान दिइयो । र, यो पनि हेरियो कि यस्ता मानिसको मृत्यु उमेरको कुन चरणमा भयो ।

अध्ययनको नतिजा निकै आश्चर्यमा पार्ने खाले थियो । आफ्नो बराबरी उमेरको तुलनामा कम एक्सरसाइज गर्ने सोच राख्नेहरुको मृत्यु आफू बराबर उमेरभन्दा पहिला भयो, जबकि दुवै बराबर एक्सरसाइज गर्दथे ।

यो असर त्यतिबेला पनि देखियो जब वैज्ञानिकहरुले ती व्यक्तिहरुको स्वास्थ्य र चुरोट सेवन गर्नेजस्ता कुरालाई सामेल गरे ।

एक्सरसाइज औषधिजस्तो छ तर…

यसमा कुनै दुई मत छैन कि एक्सरसाइज गर्दा आयु बढ्ने गर्दछ, तर एक्सरसाइजलाई लिएर हाम्रो सोचले धेरै फरक पार्दछ । यो विषयमा अध्ययन गर्ने आँक्टेविया जाहर्ट भन्छन्–जब म आफ्नो पढाईका सिलसिलामा क्यालिफोर्निया पुगे तब त्यहाँ मैले देखेँ कि हरेक व्यक्ति एक्सरसाइज गरिरहेका छन् ।

यद्यपि आँक्टोविया स्वयम पनि एक्सरसाइजमा निकै ध्यान दिन्थिइन् । तर अचानक उनलाई लाग्यो कि उनी अन्यको तुलनामा कम स्वस्थ छिन् । किनभने उनी त्यति एक्सरसाइज गर्दिन थिइन्, जति उनका वरपरका मानिस गरिरहेका थिए । यसको असर उनको स्वास्थ्यमा पर्न थाल्यो ।

फिटनेससँग सम्बन्धित सन्देशले तनाव दिन्छ

अहिले हरेक कुराको कजारीकरण भएको छ। फोन र इमेलमा स्वास्थ्यसँग सम्बन्धित म्यासेज यति आउँछ कि मानिसहरुलाई लाग्न थाल्छ कि हामी त स्वयमलाई फिट राख्नका लागि केही पनि गरिरहेका छैनौ ।

जबकि हामी सामान्य आवश्यकताअनुसार कसरत गरिरहेका हुन्छौ । यसप्रकारका म्यासेजले दिमागको कुनै कुनामा चिन्ता र तनाव जन्माउने गर्दछ ।यसको सिधा असर स्वस्थ्यमा पर्दछ ।

कुनै पनि कामको सफलताका लागि सकारात्मक सोच राख्नु पहिलो सर्त हो । तपाई जति पनि एक्सरसाइज गर्नुस्, त्यो सकारात्मक सोचका साथ गर्नुस् ।

जीममा पसिना बगाउँदा बन्छ स्वास्थ्य ?

कसरतले शरीरका लागि औषधिको काम गर्दछ । यदि यो मानियोस कि औषधिले हामीलाई फाइदा हुने छैन तब वास्तवमै त्यसको फाइदा हामीमा देखिँदैन । यसरी नै यदि हामी सधै यही सोच्दछौ कि हामी अन्यको तुलनामा कम कसरत गरिरहेका छौ वा त्यसरी गरिरहेका छैनौ जस्तो हाम्रा साथीहरु गरिरहेका छन् तब वास्तवमै हाम्रो कसरतको हामीमा कुनै असर पर्दैन ।

जिममा गएर पसिना बगाउनु मात्रै मेहनत वा कसरतमा समावेश हुँदैन । हामी दिनभर धेरै यस्ता काम गर्दछौ जसमा निकै नै मेहनत लाग्दछ ।

तर हामी त्यसलाई कसरतको फेहस्तिमा समावेश गदैर्नौ । उदाहरणका लागि कुनै होटलमा राखनधरणको काम गर्ने व्यक्ति दिनभरमा सिढी चढ्ने, सरसफाई गर्नेजस्ता काममा व्यस्त हुन्छ ।

यो मेहनतबाट उसको शरीरलाई फाइदा पनि पुग्छ । तर २००७ मा गरिएको अध्ययनअनुसार यसलाई कसरत भन्न सकिँदैन ।

होटलमा काम गर्ने यस्ता व्यक्तिहरुमा एउटा अध्ययन गरियो। उनीहरुलाई सम्झाइयो कि उनीहरुको मेहनत जिम गएर पसिना बगाउने मेहनतभन्दा कम छैन । चार हप्तापछि जब उनीहरुको अध्ययन गरियो तब थाहा भयो कि ती कर्मचारीहरुको तौल मात्र कम भएन, ब्लड प्रेसर पनि सामान्य भयो । अर्थात उनीहरुले आफ्नो सोच परिवर्तन गरे । उनीहरुको मनमा यो कुरा बस्यो कि उनीहरु पनि जिम जानेहरुले जस्तै कसरत गरिरहेका छन् ।

वृद्धापन हो एउटा मानसिक सोच

यसरी नै सोचको सम्बन्ध उमेरसँग छ । धेरै मानिस भन्छन् कि बुढेसकाल ६० वर्षको उमेरबाट सुरु हुन्छ । यस्ता मानिसहरु आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्तो कुरा गर्दछन् । र,त्यसैले उनीरु कसरत पनि कम गर्दछन्।

उनीहरुको दिमागमा यो सोचले घर गर्दछ कि उनीहर अब बुढ्यौलीतर्फ बढेका छन् । जबकि जुन मानिस नियमित रुपमा एक्सरसाइज गर्दछन्, उनीहरु स्वयमलाई बढी फिट महशुस गर्दछन् । त्यसैले उनीहरु स्वयमलाई कहिल्यै बुढो मान्दैनन् । वास्तवमा यो सबै सोचको करामत हो ।
राम्रो कुरा हो कि मानिसले आफ्नो सोचको दर्जा उच्च राख्नु पर्दछ । तर कहिल्यै तुलना गर्नु हुँदैन । हरेक मानिस आफ्नो अनुकुलता मात्रै काम गर्दछ र गर्न सक्दछ ।

कसरत स्वास्थ्यका लागि जरुरी छ । यसलाई आफ्नो बानी बनाउनुस् र तर यो सोचेबिना कि तपाईका साथीहरु कतै तपाईभन्दा बढी कसरत त गरिरहेका छैनन् । क्लाउडिया हैमन्ड, बीबीसी हिन्दी




Leave a Reply

Your email address will not be published. Required fields are marked *