Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

दिनमा कती पानी पिउँदा राम्रो ? पानीको फाईदा र बेफाईदा यस्ता छन्

दिनमा कती पानी पिउँदा राम्रो ? पानीको फाईदा र बेफाईदा यस्ता छन्

स्वस्थ शरीरका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । तर, पानीको मात्रा कति चाहिन्छ भन्नेबारे भने धेरै मानिस अनभिज्ञ छन् । शरीरमा जहिले पनि पानीको मात्रा सन्तुलित राख्नुपर्ने हुन्छ । शरीरलाई कति मात्रमा पानिको आवश्यकता पर्छ तल छलफल गरिएको छ ।

कति पिउने पानी ?

इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ ।

दिनमा यति पानी पिउने भनेर कुनै नियम भने छैन । सामान्यतया तिर्खा लाग्दा पानी पिउने गरिन्छ । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने हाम्रो चलन छ ।

पिसाबबाट थाहा हुन्छ

आफ्नो शरीरमा पानी पुगेको छ वा छैन भन्नेबारे पिसाबबाट थाहा पाउन सकिन्छ । हलुका पहेँलो रङको पिसाबलाई सामान्य मानिन्छ । यदि पिसाब गाढा पहेँलो या सुनौलो रङको देखिएमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ ।

यस्तो वेला पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । कहिलेकाहीँ भने भिटामिन बी कम्प्लेक्सजस्ता औषधि सेवनको कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ ।

यस्तो बेलामा भने औषधी सेवन गर्ने बिरामी आँफैले विशेष ध्यान दिन पर्छ । कडा परिश्रम तथा व्यायाम गरेर शरिर तोकेको बेलामा तुरुन्त पानी पिउनु राम्रो मानिदैन । यदि पिउनैपर्ने भएमा पनि दुई गिलासभन्दा बढी प्रयोग नगर्दा राम्रो हुन्छ ।

 

उपयुक्त समय

अध्ययन समय सिलाएर पानी पिउन पर्छ । बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनुलाई राम्रो मानिन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनुपर्छ ।

खानासँगै पानी पिउनुलाई स्वस्थकर मानिदैन । तर हामीले भने खानासँगै पानि पनि पिइराखेका हुन्छौ । बरु खाएको एक घन्टापछि पानी पिउन चिकित्सकले सुझाव दिएका छन् ।

पानी बढी भएमा

बढी पानि पिउँदा बढी स्वस्थकर भईन्छ भन्ने मान्यता पनि धेरैमा छ । तर त्यस्तो होईन । माथी भने जस्तै गरी आवश्यकता अनुसारनै पानि पिउन पर्छ । पानी बढी भयो भने पनि स्वास्थ्यलाई हानि गर्छ ।

पानीको मात्रा कम भए पनि स्वास्थ्यमा असर पुगिराखेको हुन्छ । बढी पानी पिउँदा हाइपोनट्रेमिया रोग लाग्ने सम्भावना हुन्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्ने रोग हो ।

त्यसैले शरीरमा आवश्यकभन्दा बढी पानी हुँदा पिसाबका माध्यमबाट नुन बाहिर जान्छ र समस्या निम्तिन सक्छ । यसो हुँदा मिर्गौलामा पनि असर पर्छ ।

पानीको विकल्प छैन

संसारमा धेरै चिजको विकल्प निस्किएको छ । तर पानीको भने विकल्प छैन । कुनै पनि खाद्यपदार्थबाट थोरै–धेरै पानीको मात्रा पाइन्छ । तर, पानी नपिएर अन्य झोल पदार्थको प्रयोग गर्नुलाई पानी पिएको मानिदैन ।

कपिपयले पानीको सट्टामा जुस, चिया आदि पिउने पनि गर्छन् । तर, छुट्टै शुद्ध पानी नपिउँदा यसको कमीले गर्मी मौसममा डिहाइड्रेसन पनि हुन सक्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *