Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी

इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी

इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए । यस्तै एन्ड्रु रसेलले ४१ रन बनाए । क्रिस लिन र रविन उथप्पाले पनि क्रमशः ३१ र ३५ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका राहुल टेवाटियाले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रिश मोरिसले २–२ विकेट हात पारे ।
२ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १ सय २९ रनमा अलआउट भयो । यस क्रममा ग्लेन म्याक्सवेल र रिषब पन्तले मात्र दोहोरो अंकको रन जोडे । म्याक्सवेलले ४७ तथा पन्तले ४३ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्नका लागि सुनिल नाराइन र कुलदिप यादवले ३–३ विकेट लिए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *