Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

प्रदेश नं ३ को तरुणदल प्रशिक्षण भेला मकवानपुर, हेटौडामा सुरु

प्रदेश नं ३ को तरुणदल प्रशिक्षण भेला मकवानपुर, हेटौडामा सुरु

दर्पणनेपाल डटकम :
नेपाल तरुणदलको प्रदेश स्तरीय प्रशिक्षण भेला अन्तर्गत प्रदेश नं ३ को भेला मकवानपुर, हेटौडामा सुरु भएको छ । निकै भब्यताका साथ सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो । उहाले नै कार्यक्रमको उद्घाटन समेत गर्नुभएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, डा. रामशरण महत, बालकृष्ण खाँड, नेपाली तरुणदलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा, तरुणदल पुर्व अध्यक्ष महेन्द्र यादव, तरुणदल पुर्व अध्यक्ष बिनोद कायस्थ लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले के.पी ओली राष्ट्रवादी नभएर लम्पसारवादी रहेको बताउनुभयो । अहिलेको सरकारले संविधान मिचेर गरेको कामलाई लिएर उहाले यो टिप्पणी गर्नुभएको हो । देश र जनता माथि कुनै पनि किसिमको आँच आउने काम अहिलेको सरकारले गरे त्यसको प्रतिकार नेपाली कांग्रेसले गर्ने समेत उहाले बताउनुभयो ।


यस्तै उहाले तरुणदलको यस प्रदेश स्तरीय प्रशिक्षण भेलाको सफलताको शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेसको एक शक्तिको रुपमा नेपाल तरुणदल स्थापित रहेको समेत बताउनुभयो । यस्तै उहा संगै नेपाली कांग्रेसका उपस्थित केन्द्रीय सदस्य र तरुणदलका पुर्व अध्यक्षहरुले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो ।


यस्तै कार्यक्रममा बोल्दै नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले नेपाल तरुणदलले अब गुट र उपगुट भन्दा माथि उठेर काम गर्ने बताउनु भयो । यस्तै उहाले तरुणदल जिल्ला समितिलाई समेत गुट उपगुट भन्दा माथि रहेर पार्टी र देशको जनताको हितको लागि काम गर्ने निर्देशन दिनुभयो । यस्तै उहाले कांग्रेस भित्रका अरु भातृ संगठनले पनि अब गुट र उपगुट भन्दा माथि उठेर काम गर्न आवश्यक रहेको र पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने धारणा राख्नु भयो । यस्तै उहाले नेपाल तरुणदलले पार्टी भित्र र जिल्लामा रहेको गुट उपगुटलाई जरै देखि हटाउने पनि सक्दो कोशिश गर्ने बताउनुभयो ।

यस्तै उहाले अहिलेको सरकारले संविधान मिचेर काम गर्न सुरु गरिसकेको र आगामी दिनमा जनता र देशको अहितमा काम गर्न खोजे नेपाल तरुणदल कडा आन्दोलनमा उत्रने समेत बताउनुभयो । यस्तै उहाले अहिलेको सरकारलाई खबरदार गर्दै संविधान मिचेर अनियमित निर्णय वा काम गरे सडकबाट कडा आन्दोलन सहितको कदम चालिने चेतावनी समेत दिनुभएको छ । यस्तै उहाले पार्टी भित्रको समझदारी समेत आवश्यक भएको हुँदा सबैलाई उहाले मिलेर सल्ल्हाको साथ अगाडी बढ्न आग्रह समेत गर्नुभएको छ ।










Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *