Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

तातो पानी पिएर ज्यान बचाएका छौ… एक शरणार्थी परिवारको यस्तो बिलौना भिडियो सहित

तातो पानी पिएर ज्यान बचाएका छौ… एक शरणार्थी परिवारको यस्तो बिलौना भिडियो सहित

पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब दुई दशक अघिदेखि शरणागत नेपाली भाषी भुटानी शरणार्थीको ठूलो संख्या तेस्रो मुलुक पुर्नवासमा गए । तेस्रो मुलुक पुर्नवाससँगै शरणार्थीको आफ्नो मातृभूमी भुटान फर्कने आशामा लगभग पूर्णबिराम लागेको छ । स्वदेश फर्किने आशा मारेर तेस्रो मुलुक पुनर्वास भएकाहरु धेरैका आफन्त र परिवार भने अझैपनि झापा र मोरङ्गको दुईवटा शिविरहरुमा छन् ।

तेस्रो देश पुनर्वास कार्यक्रम बन्द भएपछि शिविरमा रहेको बाँकी शरणार्थीको अवस्था के हुने हो ? भन्ने अन्यौल रहेको छ । करिब १ लाख ३० हजारको संख्यामा रहेका शरणर्थीलाई स्वदेश फर्काउने बारम्बारको प्रयास असफल भएपछि सन् २००८ देखि अमेरिका, क्यानाडा लगायतका ८ देशमा पुर्नस्थापना प्रक्रिया सुरु गरिएको थियो । अहिलेसम्म करिब एकलाख १० हजार शरणर्थी तेस्रो मुलुुकमा पुर्नस्थापित भईसकेका छन् ।

नेपालमा रहेका भुटानी शरणर्थीलाई स्वदेश फर्काउन नेपाल सरकार र भुटान सरकार बीच विभिन्न चरणमा वार्ता भएपनि शरणर्थीले स्वदेश फर्कन पाएनन् । स्वदेश फिर्तिका लागि पटक पटक आन्दोलन भए पनि भुटान सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेन । शरणार्थी समस्याको दिर्घकालिन समाधान गर्न कहाबाट, कसरी र कसले पहल गर्ने हो त्यसैमा उनिहरुको अनिश्चित भबिष्यको निर्धारण हुनेछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *