Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

बुद्धका केहि त्यस्ता वाणीहरु,जसले तपाईको जीवनमा आमुल परिवर्तन ल्याईदिन सक्छ

बुद्धका केहि त्यस्ता वाणीहरु,जसले तपाईको जीवनमा आमुल परिवर्तन ल्याईदिन सक्छ

संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध । उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित २४ भनाईहरु प्रस्तुत गरिएको छ-

१. शान्ति आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।

२. हामी जे सोच्दछौ उही बन्दछौं ।

३. यदी आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।

४. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अरुका निम्ति त्याग गर्न सक्छ ।

७. बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतः उपस्थित हुन्छ ।

१०. हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौं ।

११. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।

१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौं, त्यही बन्दछौं ।

१३. जो मानिस अर्काको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।

१४. हाम्रो बाटो आकाशतर्फ होइन, आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५. मैले यो हेर्दिन कि के-के गरिसकेँ, मैले यो हेर्दछु कि के-के गर्न बाँकी छ ।

१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।

१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ ।

१८. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

१९. एउटा पूरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

२0. हज्जारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाँढ्दा बढ्ने गर्छ ।

२१. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२२. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *