Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

यौन पुतलीसंग बढ्दो आकर्षण

यौन पुतलीसंग बढ्दो आकर्षण

प्रेम हुनलाई दुई प्राणीको भावना मिल्नुपर्छ भन्ने जुन मान्यता थियो त्यसमा क्रमश: परिवर्तन आउन थालेको छ । मानिसले अहिले मानिसलाई नै सबैभन्दा भावना नमिल्ने प्राणी मान्न थालिसकेको छ । प्रविधिमा भएको विकासले अहिले धेरैको ध्यान यौन पुतली अर्थात् सेक्स डलतर्फ केन्द्रित हुँदै गएको छ ।

यौन पुतलीले धेरैलाई आकर्षित गरिरहेको छ । एकपछि अर्को गर्दै यस्ता पुतली परिष्कृत भएका कारण मानिसहरूको आकर्षण बढेको मानिन्छ । सेक्स डल निर्माताहरूले पनि महिला र पुरुष दुवैलाई आकर्षित गर्ने खालका यौन पुतली निर्माण गर्न थालेपछि यसप्रतिको आकर्षण र विश्वसनियता ह्वात्तै बढेको हो । यस्ता पुतलीलाई लिएर जर्मनीमा गरिएको ताजा सर्वेक्षणमा प्रत्येक ५ मध्ये एक पुरुषले यस्तो खेलौना आफूसँग राख्न चाहेको कुरा बताए भने २० मध्ये एक पुरुषले आफू यौन पुतलीको मायामा परेको बताए । अझ आधा जसो जर्मनले यौन साथीका रूपमा यौन पुतलीलाई आफूसँगै राख्दा कुनै अप्ठ्यारो नहुने बताए भने २० प्रतिशतले त एउटा यौन पुतली किनेर राख्ने सोंचनै बनाएको बताए ।

यौन पुतलीमा पुरुषहरूको आकर्षण बढ्नुको मुख्य कारण यस्ता पुतली बढी ग्ल्यामरस हुनु र चाहेजस्तो सेवा–सुविधा लिन सकिनु नै हो । निर्माताहरू अहिले महिलाहरूलाई आकर्षित गर्ने पुतलीको विकासमा समेत क्रियाशील छन् । अहिले निर्माताहरू महिलाहरूको आकर्षण रहने पुरुषको भूमिका निर्वाह गर्ने यौन पुतली तयार गर्ने योजना बनाइरहेका छन् । महिलाहरूलाई आकर्षित गर्न क्यानेडियन गायक जस्टिन बिबरजस्तै देखिने पुरुष यौन पुतली निर्माण हुँदा थुप्रै महिलाले अनलाइनमा त्यसको बुकिङ गरेका थिए ।

यौन पुतली निर्माताहरू यसप्रति आकर्षण बढाउन अनुसन्धानमै करोडौं डलर खर्च गरिरहेका छन् । कुनै समय हावा भर्नुपर्ने यौन पुतली अहिले निकै परिष्कृत भएका छन् । युरोपियन तथा जापानीहरू यसको अनुसन्धानमा बढी नै सक्रिय छन् । युरोपका यौन पुतली निर्माता सर्गी सान्टोसले हालसालै सामन्था नामक यौन पुतली निर्माण गरे । उनले उक्त पुतलीको निर्माण यसरी गरे कि उनी नै त्यसको मायामै परे ।

उक्त पुतलीका विषयमा बीबीसीले एउटा डकुमेन्ट्री नै निर्माण गरेको थियो, जसमा एक व्यक्तिले आफूलाई यौन चाहना भएको बताएपछि उक्त पुतलीले जीवित युवतीले जस्तै पहिले प्रस्ताव अस्वीकार गरेर पनि शारीरिक सम्बन्ध राख्न उक्साउँछ । शरीरका अंगहरूमा छुँदा वास्तविक महिलाकै जस्तो आनन्द आएको आवाज निकाल्ने,स्तनमा छुँदा इन्कार गरेजस्तो गर्ने, हात मुर्सादा आनन्द आएको कुरा बताउने जस्ता गतिविधि पनि उक्त यौन पुतलीले देखाउँछ । उक्त पुतली मानिसको जस्तै लामो समय पाकक्रिडा गरेपछि मात्र यौनमा थप आनन्द दिने किसिमको छ । यस्तो पुतली तयार भएपछि सर्गीले उक्त पुतलीसँगै आफ्नो माया बसेको कुरा बताएका थिए ।

युरोपको कुरा छोडौं र एसियातर्फ फर्कौं अनि दुई सन्तानका जापानी पिता सेन्जी नाकाजिमालाई नै हेरौं । श्रीमती कामका लागि लामो समय बाहिर गएपछि सेन्जी यौन पुतलीतर्फ आकर्षित भए । त्यो आकर्षण यति झांगियो कि सेन्जी उक्त युवतीसँगै सुत्नुका साथै उनलाई नुहाई दिने, बजारमा किनमेल गर्न लाने, पार्कमा घुमाउने सम्म गर्न थाले । सेन्जीका अनुसार साओरी नामक उक्त पुतलीसँग भएको शारीरिक सम्बन्धपछि उनीहरूको प्रेम प्रगाढ भएको हो । अहिले सेन्जीलाई सबैभन्दा बढी माया साओरीकै लाग्छ ।

यौन पुतलीकै कारण अहिले यूरोपको सामाजिक व्यवहारमा समेत व्यापक परिवर्तन आउन थालेको छ । स्पेनको बार्सिलोनामा पहिलो पटक पुतलीको यौनशाला संचालनमा आएपछि अहिले अन्य देशमा पनि यस्ता यौनशाला स्थापना हुन थालेका छन् । पहिलो पटक स्थापना हुँदा नौलो मानिएको कृत्रिम यौनशालामा अहिले पुरुषहरू आफ्ना प्रेमिका छाडेर समेत पुग्न थालेका छन् ।

बार्सिलोनामा पहिलो पटक संचालनमा आउँदा अनौठो मानिएको यस्ता यौनशालाको यात्रा अहिले अष्ट्रिया, जर्मनी, नेदरल्यान्ड, इंग्ल्यान्ड हुँदै फ्रान्ससम्म पुगेको छ । अहिले युरोपमा माया साट्न चाहनेहरूको प्रमुख गन्तव्य हुन थालेको छ– कृत्रिम यौनशाला । यस्ता यौनशालाले त्यही यौन आनन्द लिने वा घरमै लान सकिने दुवै किसिमको सुविधा उपलब्ध गराउँछन् ।

युरोपमा यस्ता पुतलीप्रति बढेको आकर्षणले गर्दा यौनकर्मीहरूलाई पनि आफ्नो पेशा जोगाउन हम्मे–हम्मे हुन थालेको छ । उता यस्ता पुतलीका निर्माताहरू सुविधामाथि सुविधा थप्दै अघि बढिरहेका छन्, जसले गर्दा पुरुषहरूले आफू मानिससँग छु कि पुतलीसँग छु भन्ने कुरा समेत बिर्सन थालेका छन् । यसको उदाहरणका रूपमा जापानमा निर्माण भएको एउटा पुतलीलाई लिन सकिन्छ ।

जापानमा निर्माण भएको इरिका नामक उक्त पुतली हेर्दा कुनै जापानी युवतीजस्ती मात्र देखिन्नन्, उनको बोली यति स्पष्ट छ कि उनको शब्द उच्चारण मानिसको भन्दा राम्रो छ । उक्त खेलौनामा जडान गरिएको सेन्सरका कारण आफूलाई कुन क्यामेराले खिचिरहेको छ भन्ने कुरा थाहा पाएर इरिना त्यतैतिर हेर्छिन् । उनलाई समाचार वाचिकाका रूपमा जापानको टेलिभिजनले आगामी मार्च महिनादेखि प्रस्तुत गर्ने भएको छ ।

सबै कुराको परिक्षण भैसकेको इरिकाको आगमनपछि त्यहाँका टेलिभिजन समाचारवाचिकाहरूलाई बिदाइ गर्ने सोचसमेत बनाइएको छ । यदि भविष्यमा यसरी नै यस्ता पुतलीप्रतिको क्रेज बढ्दै जाने हो भने मानवनिर्मित यौनशाला त बन्द हुन्छन् नै मानिसको प्रेम गर्ने भावनामा समेत आमूल परिवर्तन आउने देखिन्छ अनि टेलिभिजन एंकरहरूको जागिर पनि चैट हुनेछ । साप्ताहिकबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *