Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

यी हुन बिस्का जात्रामा छैठौं पटक जिब्रो छेड्ने बुद्धिकृष्ण !

यी हुन बिस्का जात्रामा छैठौं पटक जिब्रो छेड्ने बुद्धिकृष्ण !

बिस्का जात्राः मध्यपुरथिमि नगरमा बिस्केट जात्राको अवसरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खट सहितको अबिर जात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ । केही वर्षअघि सम्म ३२ वटा खटलाई नगर परिक्रमा गराउने प्रचलन भएपनि अहिले २६ वटामात्र रहेको स्थानीयले बताएका छन् ।

अबिर जात्रामा बालकुमारी, कालिकाको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुन्छ । जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजा सहित अबिर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।छैठौं पटक जिब्रो छेडाउँदै


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *