Search
Friday 27 April 2018
  • :
  • :
Latest Update

कल्ले देला मलाई धन भन्दै छन् गायक दीपक बज्राचार्य हेर्नुस् भिडियो

कल्ले देला मलाई धन भन्दै छन् गायक दीपक बज्राचार्य हेर्नुस् भिडियो

दुई दशकअघि पपगायन र संगीत मार्फत उदाएका एक प्रतिभाशाली गायक हुन दिपक बज्राचार्य । उनी अनवरत आफ्ना गीतसंगीतले हरेक वर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । यतिबेला गायक दीपक बज्राचार्य आफ्नो नयाँ गीत ’ मनमगन ’ लिएर आएका छन् ।

विक्रम सम्बत २०७५ सालको शुभकामना सहित बैशाख १ राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले आफ्नो नया गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा रिकी शक्यको शव्द रहेको छ भने दिपक बज्राचार्य र रिकी शाक्यकै संगीत पनि रहेको छ । उपस्थित दर्शक तथा श्रोताले उनको नयाँ गीतलाई निकै रुचाएका छन् । भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन ।

यस गीत मार्फत हामीले विभिन्न संस्कृतिलाई देखाउने कोसिस गरेका छौ । गीतले नचाउने मात्र होइन हाम्रो संस्कृतिलाई देखाउने काम समेत गर्छ । ’ भनेर भन्छन् गायक दिपक बज्राचार्य । साथै गित सार्वजनिक सँगै उनले आफ्नो एकल कन्सर्टमा आफ्ना चर्चित गीतहरु मार्फत उपस्थितलाई मनोरंजन दिईरहेका थिए । दीपकले अल्लारे , ओ अमिरा , जुजु नाना नाना , कालि कालि , सानी , प्रिय तिमि आयौ बोलको गीत गाएका थिए ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *