Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

हैदरावादको लगातार तेस्रो जित, ६ बल बाँकी हुँदा भेट्टायो लक्ष्य

हैदरावादको लगातार तेस्रो जित, ६ बल बाँकी हुँदा भेट्टायो लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । जारी ११ औँ संस्करणको आइपिएल अन्तर्गत शनिबार बेलुका भएको खेलमा हैदरावादले कोलकाता नाइटराइडर्सलाई ६ बल बाँकी हुँदा पाँच विकेटले हराएको हो ।

कोलकाताले प्रस्तुत गरेको १३९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो।हैदरावादका लागि कप्तान केन विलियम्सनले ४४ बलमा ५० तथा शकिब अल हसनले २१ ब्लमा २७ तथा ऋद्धिमन साहले १५ बलमा २४ रन बनाए । कोलकाताका सुनिल नरिनले दुई विकेट लिए ।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको कोलकाताले ८ विकेटको क्षतिमा १३८ रन बनायो । उसका लागि क्रिस लिनले ३४ बलमा ४९ तथा दिनेश कार्तिकले २७ बलमा २९ रन बनाए पनि हार टार्न सकेनन् ।

लगातार तीन खेलमा जित निकालेको हैदरावाद ६ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा दुईमा पराजित भएको कोलकाता दुई अंकसहित चौथो स्थानमा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *