Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

​छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

​छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

झापाको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका – २ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको हो भने विर्तामोड १ का प्रेम राईको बसको ठक्करबाट ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते राईको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा ज्यान गएको हो । साइकल पछाडि सवार उनकै ९ वर्षीय छोरा करण राई र बसका सह–चालक विशाल कार्की घाइते भएका छन् । उनीहरुको यही अस्पतालमा उपचार भइरेहको छ ।

यस्तै कन्काई नगरपालिका –४ मा रोकिराखेको को १ ख ४८८७ नम्बर ट्रकमा मे २ प ५४१६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक कन्काई नगरपालिका – ३ सुरुङ्गाका विष्णु सूर्य मगर र पछाडि सवार २५ वर्षीय निमेश गुरुङ गम्भिर घाइते भएका थिए । घाइतेमध्ये मगरको बीएनसी अस्पताल विर्तामोडमा ज्यान गएको हो । निमेशको भने उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोरङमा एकको मृत्यु
मोरङ कानेपोखरीको खोर्साने–केराबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

को २८ प ८०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका – ८ बस्ने २२ वर्षीय सुजन कोइरालाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।

मोटरसाइकल पछाडि सवार मोरङ सुन्दर–हरैचा नगरपालिका – ८ बस्ने अनिस भट्टराई गम्भीर घाइते भएका छन् । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *