Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

हिजो नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

हिजो नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

जितपुर, कपिलवस्तु । यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए।

उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *