Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

सिरियामा आवश्यक परे फेरि हमला गर्न अमेरिका तयार

सिरियामा आवश्यक परे फेरि हमला गर्न अमेरिका तयार

बीबीसी । सिरियाविरुद्ध अमेरिका, ब्रिटेन र फ्रान्सले गरेको मिसाइल हमलाको भत्र्सना गर्नका लागि रुस संयुक्त राष्ट्रिय सुरक्षा परिषद्मा समर्थन जुटन सकेको छैन्।

सिरियाको डुमामा पछिल्लो हप्ता भएको रासायनिक हमलाको जबाफमा पश्चिमी शक्तिले गरेको मिसाइल हमलालाई रुसी राजदूत बसीलीलृ गुण्डागर्दीको संज्ञा दिएका छन्। उनले सिरियामा भएको मिसाइल हमला अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंखन भएको पनि बताएका छन्।

तर संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोग रोक्न आवश्यक परे अमेरिका फेरि हमला गर्न तयार रहेको बताएकी छन्।

उनले भनेकी छन्, अहिले भएको सैन्य कारबाहीबाट हाम्रो सन्देश एकदमै सफा छ। यो हो की, अमेरिका सरकारले रासायनिक हतियारको प्रयोग गर्न दिदैन्। पछिल्लो रातको हमलाले त्यो सोध केन्द्रको नष्ट गर्ने छ जहाँ रासायनिक हतियारको प्रयोगबाट हत्या गर्ने योजना बनाइएको हुन्छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरिया शासनले फेरि यस रासायनिक ग्यासको प्रयोग गरेमा अमेरिका त्यसको जवाफ दिनका लागि पुरै तयारी अवस्थामा रहेको बताएका छन्।

सुरक्षा परिषद्को आपतकालिन बैठकमा सिरियाका राजदूत बशर जाफरीले अमेरिका, ब्रिटेन र फ्रान्स एक झुट र आडम्बरी भएको भन्दै हमलाको भत्र्सना गरेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *