Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

छाला, पेट र शरीरका थुप्रै समस्याको समाधान दूध र वेसारबाट

छाला, पेट र शरीरका थुप्रै समस्याको समाधान दूध र वेसारबाट

एजेन्सी ।वेसार हामि दैनिक जीवनमा प्रयोग गर्छौ तर यसको धेरै कुराको केहि कुरामा अन्जान हुन सक्छ । आयुर्वेदमा वेसार सबैभन्दा उत्कृष्ट प्राकृतिक एन्टबायोटिक मानिन्छ। यो छाला, पेट र शरीरका थुप्रै रोगहरुमा प्रयोग हुन्छ।

दूध र वेसार मिसाएर दैनिक पिउनाले शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ। यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ। दूध र वेसारले शरीरमा रक्तसञ्चार बढाउने हुनाले कानको दुखाइ जस्ता समस्याहरुबाट छुटकारा दिलाउँछ। त्यस्तै यसले रगत सफा पनि गर्छ।

दैनिक दूध र वेसार मिसाएर पिउनाले अनुहारमा चमक आउँछ। सानो कपासको डल्लालाई दूध र वेसारको मिश्रणमा चोबेर अनुहारमा लगाउँदा पनि अनुहारको कान्ती बढ्नुका साथै अनुहार सफा र उज्यालो हुन्छ। साथै छाला सम्बन्धी अन्य समस्याहरु हटाउन पनि यसले मद्दत गर्छ।

दैनिक सेवनले शरीर सुडौल बनाउन पनि मद्दत गर्छ। मन तातो दूधमा वेसार मिसाएर खानाले शरीरमा जमेको बोसो घट्दै जान्छ। कलेजो सम्बन्धी रोगहरुको सम्भावना कम गर्छ। यसका साथै यो एक राम्रो एन्टीसेप्टिक हुनाले अल्सरलाई पनि कम गर्छ ।

यसले पाचन प्रणलीमा सुधार ल्याउँछ र अपच, पखाला जस्ता समस्या हुन दिदैँन र महिलाहरु महिनावारी भएको बेला दूध र वेसार मिसाएर पिउनाले दुखाई कम हुन्छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *