Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

कटहरको यस्तो फाइदा जो कमैलाई थाहा होला ! थाहा पाउन तल हेर्नुस

कटहरको यस्तो फाइदा जो कमैलाई थाहा होला ! थाहा पाउन तल हेर्नुस

कटहर काँचोमा तरकारी र पाकेपछि फलकोरुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधीका गुणहरुले भरिपूर्ण छ । तर मानिसहरु यसको नियमित सेवन गर्दैनन् । कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । तरकारीकोरुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ । कटहरको नियमित सेवनल् विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।

 अल्सरको औषधीःकटहरको पातबाट बनेको धुलो ल्सरको उपचारमा निक्कै उपयोगी मानिन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाउने र पिँधेर चूर्ण तयार गर्ने । यो सेवन गर्दा अल्सरबाट मुक्ति पाउन सकिन्छ ।

अनुहार र छालामा औषधीः

अनुहारमा छाला फुट्ने वा हात खुट्टामा पनि यस्तो समस्या भए कतहरको पात चपाएर थुक्दा सन्चो हुन्छ । यसले छालाका अन्य रोग पनि ठिक पार्छ ।

खाना पचाउन सहयोगीः

पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । अपचको विरामीलाई पनि यो पानीले फाइदा गर्छ ।

मधुमेहको औधषीः

कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ । यसले उच्च रक्तचापका रोगीलाई पनि फाइदा गर्छ ।

जोर्नीको दुखाइमा औषधीः

कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ । पिलो आउँदा पनि कटहरको चोप लगाउन सकिन्छ । त्यसैगरी यसले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।

घाँटीको रोग सञ्चोः

कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

कब्जियतको औषधीः

कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले अपच कम गर्छ भने कब्जियत हुनेहरुलाई पनि राहत दिन्छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *