Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

भिडियोमा हेर्नुहोस् सलमानलाई भेट्न यसरी मुख लुकाउँदै पुगेकी थिइन् प्रिती

भिडियोमा हेर्नुहोस् सलमानलाई भेट्न यसरी मुख लुकाउँदै पुगेकी थिइन् प्रिती

१९९८ मा राजस्थानमा एउटा फिल्म छायांकनका क्रममा कालो हरिण शिकार अभियोगमा जेलमा रहेका बलिउड सुपरस्टार सलमान खानलाई भेट्न शुक्रबार जोधपुर जेलमा चर्चित बलिउड हिरोइन पुगिन् ।

उनले आफ्नो अनुहार ह्याटले ढाकेर लुकाउने भरसक प्रयास गरेकी थिइन् । तर उनले आफ्नो पहिचान धेरै बेर लुकाउन सकिनन् । उनी थिइन् बलिउड हिरोइन प्रिती जिन्टा जो सलमानकी नजिककी साथी हुन् ।

प्रिती विमानस्थलबाट सिधै जेल गएकी थिइन् । एयरपोर्टबाट बाहिर निस्किँदा प्रितीले टाउकोमा ठूलो सेतो ह्याट लगाएकी थिइन् । ह्याटलाई तल झारेर उनले आफ्नो अनुहार लुकाउने भरसक प्रयास गरिन् तर कारमा बस्ने क्रममा उनको अनुहार देखियो ।

प्रितीले कसैको कुनै प्रश्नको जवाफ नदिई कारमा बसेर सिधै जेल गइन् । यद्यपि जेल प्रशासनले उनलाई सलमानसँग भेट्ने अनुमति दियो वा दिएन भन्ने अहिलेसम्म खुलेको छैन । हेर्नुहोस् भिडियोमा प्रिटी जिन्तालाई, कसरी सलमान भेट्न जोधपुर जेल पुगेकी थिइन ?


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *