Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

म्याग्दीमा चट्याङले ३ जना घाईते, २ बाख्राको मृत्यु

म्याग्दीमा चट्याङले ३ जना घाईते, २ बाख्राको मृत्यु

शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चट्याङले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ ।

दिनको ४ बजेतिर परेको चट्याङमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको गौरीशंकर रिजालले जानकारी दिएका छन् ।

उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा लगिएको छ ।

त्यसैगरी उक्त चट्याङले खिमबहादुर खत्रीको घरमा बाधिँराखेको २ बाख्राको समेत मृत्यु भएको रिजालले जानकारी दिए । चट्याङले झलकबहादुर खत्रीको घरमा जोडेको विद्युतको मिटरमा समेत क्षति पुगेको छ ।

निलदह अवस्थित केही घरहरुको गाह्रोहरु समेत चर्कीएको छ । अविरल पानीसँगै चट्याङ परेपछि विद्युत समेत अबरुद्ध भएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *