Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

चर्चित रियालिटी शो बिगबोस १५ अप्रिलदेखि मराठी संस्करण सुरु

चर्चित रियालिटी शो बिगबोस १५ अप्रिलदेखि मराठी संस्करण सुरु

मुम्बइ। चर्चित रियालिटी शो बिगबोस दर्शकमाझ निकै चर्चित भएको छ । यो शो यतिसम्म लोकप्रिय भएको छ कि छिट्टै यसको अर्को क्षेत्रीय संस्करण सुरु हुँदैछ । १५ अप्रिलदेखि बिगबोसको मराठी संस्करण सुरु

हुन लागेको छ ।

बिगबोस मराठीको पहिलो सिजन १५ अप्रिलदेखि सुरु हुने र यसको होस्टदेखि सबै तयारी पूरा भइसकेको बताइएको छ । बिगबोस मराठीको पहिलो सिजनका होस्ट सलमान खानका नजिकका साथी तथा अभिनेता–निर्देशक महेश मांजरेकर हुनेछन् । महेशले शोको पूरै जिम्मेवारी सम्हाल्नेछन् ।

रिपोर्टमा बताइएअनुसार मराठी बिगबोसको सुटिङ पनि त्यही घरमा हुनेछ जहाँ हिन्दी बिगबोसको सुटिङ भएको थियो । महेशले सलमानसँग काम गरिसकेका छन् । उनले सलमानको हिट फिल्म वान्टेडमा सलमानसँग काम गरेका थिए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *