Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

होटलमा युवतीसँग रात बिताएर वली भए फरार, सँगै गएकी युवतीको मृत्यु, घटना शंकास्पद

होटलमा युवतीसँग रात बिताएर वली भए फरार, सँगै गएकी युवतीको मृत्यु, घटना शंकास्पद

काठमाडौं । अन्दाजी २२ वर्षीय महिलाको होटलमा एक पुरुषसँग गएपछि मृत्यु भएको छ । घटना हो काठमाडौको टोखाको ।

काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय महिलाको शंकास्पद रुपमा मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएकी महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको छ । बिहिबार बेलुका दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वलीसँगै गएकी युवतीको भोली पल्ट बिल लिएर २ सय ३ नम्बरको कोठामा जाँदा उनको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेको र तत्कालै प्रहरीलाईल खबर गरेपछि अनुसन्धान थालिएको छ । युवतीसँगै एकसाथ होटलमा गएका युवक ओली भने फरार रहेका छन् ।ओएस नेपाल बाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *