Search
Thursday 26 April 2018
  • :
  • :

पर्यटकीय क्षेत्र तिनजुरेमा चैत्रको दोस्रो साता बितिसक्दाँ पनि फुलेन गुराँस

पर्यटकीय  क्षेत्र तिनजुरेमा चैत्रको दोस्रो साता बितिसक्दाँ पनि फुलेन गुराँस

गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजले पर्यटकीय क्षेत्रमा चैत्रको दोस्रो साता बितिसक्दाँ पनि गुराँस फुल्न सकेको छैन । आन्तरिक तथा वाह्यि पर्यटको घुइचो लाग्ने यस क्षेत्रमा पर्यटकको आगमन बढ्न सकेको छैन । बिगतका बर्षहरुमा चैत्र महिनामा ढकमक्क फुलेको गुराँस देखिने गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा यस वर्ष अझै गुराँस फुल्न सकेकोे छैन ।

बिश्वमा पाईने ४२ र नेपालमा पाईने ३२ प्रजाती मध्ये २८ प्रजातिका गुराँस पाइने तिनजुरे मिल्के जलजले क्षेत्रमा चैत्रको दोस्रो साता वित्न लाग्दा समेत गुराँसको कोपीला मात्र बस्न सुरु गरेको छ । लामो सयम देखि यस क्षेत्रमा पानी नपरेको र जाडो समेत नघटेको कारण र गर्मी लाग्न सकेको छैन । समयमा गुराँस फुल्न नसक्दा आन्तरिक तथा वाह्य पर्यटकहरु आयउने क्रम बढ्न सकेको छैन ।

जलवायु परिवर्तनको असरले तिनजुरे मिल्के जलजले पर्यटकीय क्षेत्रमा गुराँस फुल्न नसकेको हो । चैत्र महिना देखि पर्यटको घुइयो लाग्ने यस क्षेत्रमा गुराँसको फुल हेर्न आउने पर्यटकले फुलफुलेको हेर्न नपाउने भएका छन् ।

संखुवासभा पाँचखपन नगरपालिका देखि भ्रमण आएका मेघराज तामाङ भन्छन् गुराँसको राजधानीमा ढकमक्क फुलेको गराँसको फुल हेर्न आएको कोपीला मात्र रहेछ । यस समयमा कोपीला मात्र रहेछ नयाँ बर्षमा पनि कतैकतैमात्र गुराँस फुल्ला जस्तो छ । बिगतका बर्षहरुमा फागुनको दोस्रो साता देखि फुल्न सुरु भएको गुराँस बैशाखको पहिलो हप्ता सम्ममा सबै प्रकारका गुराँस फुलिसक्नु पर्ने स्थानिय छिरीङ लामाले बताए ।

यस क्षेत्रमा ठुला–ठुला फाटहरु , ढकमक्क फुलेको गुराँस पाइने भएकाले नयाँ वर्षको अवसर पारेर बनभोज खान, गुराँसको राजधानी घुम्न, अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । गुराँसका फुल हेर्न आएकाहरुले कोपीलामात्र हेरेर फर्कने गरेका छन् ।

समयमा गुराँस नफुलेकै कारण यस वर्ष पर्यटकहरु कम आएको लामाले बताए । सडक सञ्जाल जोडिए सँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु संंख्या बढ्दो रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *