Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव: एक डाक्टरको भागमा साढे छ हजार नागरिक

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव: एक डाक्टरको भागमा साढे छ हजार नागरिक

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ। कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार ७१० जनाको स्वास्थ्यको जिम्मा छ। कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन्। १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६४० छ।

त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन्। दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ। संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा एकजना चिकित्सकले ६ हजार ७१० जनालाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेछ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० हजार जनसंख्यालाई कम्तीमा तीनजना चिकित्सक चाहिन्छ।

यो मापदण्डअनुसार १७ लाख ७१ हजार ६४० जनसख्याका लागि ५१८ जना चिकित्सक आवश्यक पर्छ। तर, अहिले मापदण्डभन्दा २५४ चिकित्सक कम छन्। हालै सामाजिक विकास मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार स्वास्थ्य चौकी ३३६, प्रसूति केन्द्र २७४ र एम्बुलेन्स ३२ वटा छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *