Search
Thursday 26 April 2018
  • :
  • :

सरकारले धुर्मुसलाई क्रिकेट मैदान बनाउन नदिने

सरकारले धुर्मुसलाई क्रिकेट मैदान बनाउन नदिने

सरकारले मुलपानी क्रिकेट मैदान धुर्मुस सुन्तली फाउण्डेसनलाइ बनाउन नदिने भएको छ । सरकारले उक्त क्रिकेट मैदान आफैं बनाउने भन्दै धुर्मुस सुन्तली फाउण्डेसनलाई रंगसाला बनाउन अन्यत्र जान प्रस्ताव गरेको हो ।

कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ । ‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ भन्दै उनलाई पोखरा जान सुझाव दिइएको बताइएको छ ।

सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ पनि हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *