Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

साउदीको जेलबाट प्रेम राईलाई छुटाउन ६९ लाख जुट्याे, उनि यसकारण परेका थिए जेलमा

साउदीको जेलबाट प्रेम राईलाई छुटाउन ६९ लाख जुट्याे, उनि यसकारण परेका थिए जेलमा

प्रेम बचाऊ अभियानबाट ६९ लाख रकम संकलन भएको छ । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख,

कृष्ण कँडेलद्धारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, गल्फ कन्ट्रि भातृ संगठन जिफण्टमार्फत ९ लाख र प्रेमका दाइ चक्रबहादुर राईको संयोजकत्वमा चलाईएको प्रेम बचाऊ अभियान कुवेतमा ५ लाख रकम संकलन भइसकेको प्रेम बचाऊ अभियान मूल समिति काठमाडौंकी अनिता राईले जानकारी दिनुभयो ।

प्रेमलाई नेपाल फर्किनका लागि झण्डै ९५ लाख रुपैयाँ तिर्नुपर्छ । पैसा नतिरी जेलबाट छुट्न नपाउने भएपछि अहिले देश तथा विदेशमा प्रेम बचाऊ अभियान सुरु भएको छ ।
प्रेम कसरी जेल परे

प्रेमबहादुर राई(राजु) सन् २०१२ जुन १२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी जानुभएको हो । साउदीमा अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको चलाउनुहुन्थ्यो । सन् २०१५ सेप्टेम्बर ४ मा प्रेम घरविदामा पनि आउनुभएको थियो ।

बिदा सक्काएर १ जनवरी २०१६ मा उहाँ साउदी फर्किनुभयो । घरबाट फर्किएको दुई महिनामै प्रेमले चलाएको गाडी हरायो । रियादको जनदियाको पार्किङमा गाडी रोकेर प्रेम साथी भेट्न जानुभयो । साथी भेटेर फर्किदा उहाँले गाडी पार्किङमा भेट्नुभएन । घट्नास्थल प्रेमको कम्पनी भन्दा १० किलोमिटर टाढा हो ।

हराएको गाडी साउदीको रोमा भन्ने स्थानमा दुई दिन पछि भेटियो तर तोडफोड भएको अवस्थामा । गाडीमा बोकेको सामान पनि थिएन । सिसा फुटेको र सामान हराएकोमा प्रेमलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिइएको थियो ।

सजाय सक्काएर घर फर्किने तयारी रहेका प्रेमलाई कम्पनीले फेरि आफूले दिएको निर्देशन तथा बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दावी गर्‍यो । त्यसपछि अदालतले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनायो ।
प्रेमसँग न क्षतिपूर्ति तिर्ने पैसा थियो नत निर्दोष छु भनेर सावित गर्ने कुनै आधार । जिपिएस प्रणालीमार्फत बाटो पछ्याउँदै गाडी कुद्ने भएपनि प्रेम निर्दोष सावित हुन सक्नुभएन ।

घर फर्किन विमानस्थल पुगेका प्रेमलाई विमानस्थलबाटै पक्राउ गरिएको सरिता राईले बताउनुभयो ।
क्षतिपूर्ति नतिरी घर फर्किन नपाउने भएपछि प्रेम साउदीको जेलमै हुनुहुन्छ । देश विदेशबाट उहाँलाई नेपाल फर्काउनका लागि रकम जुटिरहेको छ ।

श्रीमानलाई नेपाल फर्काउछु भन्ने आशा पलायो
६९ लाख रुपैयाँ उठेपछि सरितालाई श्रीमान् फर्किआउने आश पनि बढेको छ । बाँकी २६ लाख रकम रुपैयाँ संकलनमा सबैले सहयोग गर्नेमा उहाँ विस्वस्त पनि हुनुहुन्छ । फर्किआउलान भन्ने आश पलाएपनि पैसा जम्मा भइसक्दा श्रीमानको स्वास्थ्य कस्तो हुने हो भन्ने चिन्ताले सरितालाई साताएको छ ।

जेल परेपछि खुट्टा पनि चल्न छाड्यो रे, ढाड दुख्छ मात्रै भन्नुहुन्छ फोनमा खै कस्तो भएर फर्किनुहोला, जस्तो भएपनि हामी सास कुरीरहेका छौ,’ सरिताले भन्नुभयो ।

‘भोको पेटमा होस् तर श्रीमानको साथ होस, उहाँकै साथमा बाँकी जीवन काट्न पाउँ,’ सरिता भन्नुहुन्छ । उहाँ दुई सन्तानलाई काखी च्यापेर पैसा जुटाउन दौडधुप गरिरहनुभएको छ । सरिता भन्नुहुन्छ, ‘अब त गिट्टी कुटेर पाल्छु, तर कहिल्यै विदेश पठाउँदिन ।’

प्रेमलाई नेपाल फर्काउनका लागि अझै २६ लाख संकलन गर्न बाँकी रहेको समितिकी अनिता राईले जानकारी दिनुभयो । रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखामा ०२९०५०३०२८५१७९ नम्बरको खाता खोलिएको छ । सरिताले जेल परेका श्रीमानलाई फर्काउन सबैजनासँग आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् :

धनगढी – लगातार चौंथो खेलमा जित निकाल्दै काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। काठमाडौंले विराटनगर किङ्सलाई रोमाञ्चक खेलमा ६ विकेटले स्तब्ध बनायो।

विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा भेट्टायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा काठमाडौंलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो।

१९ औं ओभरमा बलिङ गर्न आएका विराटनगरका रामनरेश गिरीले पहिलो बलमा कुनै रन दिएनन्। त्यस्तै गिरीको दोस्रो बलमा १, तेस्रो बलमा र चौंथो बलमा २ रन प्रहार गरेपछि खेल अझ रोमाञ्चक बनेको थियो। अन्तिम २ बलमा काठमाडौंलाई जितका लागि १ रन आवश्यक रहेको समयमा पाँचौ बलमा कुनै रन बन्न सकेन।

अन्तिम बलमा १ रन आवश्यक भएको समयमा कप्तान ज्ञानेन्द्र मल्ले छक्का प्रहार गरेपछि काठमाडौंले रोमाञ्चक जित दर्ता गर्यो। अन्तिम ओभरमा विराटनगरका सौरभ खनालले क्याच छुटाएका थिए भने रन आउट गराउने सुनौलो अवसर पनि गुमाएको थियो।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट सर्वाधिक ६८ रन जोडे। मल्लले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। भुपेन्द्र थापाले २८ बलमा ३ चौका र २ छक्काको सहायतामा ३६ रन बनाए।

त्यस्तै सन्नी पटेलले १० बलमा २५, पुष्प थापाले १७ बलमा २४ र सुवोध भाटीले १० रनको योगदान दिए। विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, सुब्हम कामत र मंजित श्रेष्ठले एक–एक विकेट लिए।

आजको खेल जितेको भए विराटनगरले प्ले अफमा स्थान सुरक्षित गर्ने थियो। विराटनगरले खेलेका अघिल्ला ३ खेलमा २ मा जित र १ मा हार व्यहोरेको थियो।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।

विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। हयात १७.५ ओभरमा टिमको स्कोर १३३ रन हुँदा सुबोथ भाटीको बलमा बोल्ड आउट भए।

पहिलो विकेटको रुपमा टिमको स्कोर ३८ रन हुँदा अनिल कुमार शाह राशिद खानको बलमा ललित राजवंशीको हात बाट क्याच आउट भए।
विराटनगरले ९.१ र ९.४ ओभरमा लगातार विकेट गुमायो।

९.१ ओभरमा टिमको स्कोर ७० रन हुँदा दिलिप नाथ व्यक्तिगत ३३ रन जोड्दै ललित राजवंशीबाटै आउट भए भने ९.४ ओभरमा ललितकै बलमा सुब्हम कामत ० रनमा सहाब आलमबाट क्याच आउट भए।

११.५ ओभरमा विराटनगरले चाैंथो विकेट गुमायो। पवन सर्राफ २ रनमा ललित राजवंशीकै बलमा टिमको स्कोर ७६ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए।

विराटनगरको १७ औं ओभरमा १२० रन जोड्दा अर्को विकेट पतन भयो। बसन्त रेग्मी १३ बलमा १० रन जोडदै रन आउट भए।
त्यस्तै १८.२ ओभरमा अर्का खेलाडी पृथु बास्कोटा ११ रनमा क्याच आउट भए। उनी रसिद खानको बलमा नरेश बुढाएर बाट क्याच आउट भए।

विराटनगरले ८ औं विकेटका रुपमा १९.४ ओभरमा सौरभ खनाललाई गुमायो। खनाल ९ रन जोडदै रन आउट भए।
त्यस्तै कप्तान पारस खड्काले नटआउट ८ रनको योगदान दिए।

काठमाडौंका लागि ललित राजवंशीले ३ रासिद खानले २ तथा सुवोध भाटीले १ विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल हुन्।

खेलकाे म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्ल भए। विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने भएको छ। जितसँगै काठमाडौं ८ अंक सहित पहिलो स्थानमा छ भने पराजित विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ।

लाईभ नेपालबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *