Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

१ करोड रूपैया बल्डमनि बुझाएपछि युएईमा कष्टकर जीवन बिताइरहेका खतिवडा नेपाल फर्किने

१ करोड रूपैया बल्डमनि बुझाएपछि युएईमा कष्टकर जीवन बिताइरहेका खतिवडा नेपाल फर्किने

आफैले चलाएको गाडी दुर्घटनामा परि युएईमा कष्टकर जीवन बिताउदै आइरहेका अनारमनी-३, झापाका लोकेश खतिवडा नेपाल फर्किन पाउने भएका छन । खतिवडाले चलाएको गाडीमा मृत्यु भएका भारतीय नागरिकको बल्डमनि वापतको ३ लाख २० हजार २०० दिराम (करिव १ करोड नेपाली रूपैया) एक बिमा कम्पनिले युएईको अदालतमा बुझाए पछि खतिवडाले नेपाल आउने पाउने पक्का भएको युएई स्थिति नेपाली राजदूतावासको फेसबुक पेजमा जारी सुचनाले पुष्टि गरेको छ ।

सन् २०१४ जुन ८ मा कम्पनीमा काम गर्दा गर्दै लोकेश दुघर्टना परेका थिए । उनले चलाएको ट्रक अनियन्त्रित हुँदा दुघर्टना भयो । त्यही दुघर्टनामा परेर भारतीय नागरिक गम्भिर घाइते भए । उनको उपचारको क्रममा निधन भयो । मृतक भारतीय नागरिकका परिवारले हालेको मुद्दाका कारण लोकेश युएईमा नै अल्झिए । दुघर्टनापछि खतिवडा करिब डेढ महिना अस्पातलमै बसे पछि कम्पनीको क्याम्पमा फर्किए । उक्त दुर्घटनामा लोकेश खतिवडा आफै पनि गम्भीर घाइते भएका छन, दिसापिसाव गर्न बिस्ताराबाट उठेर जान समस्या छ।

एकपटक शौचालयमा नै चिप्लिएर लड्दा भाँच्चिएको खुट्टा र हातको चोट बल्झियो। अस्पतालमा अवैधानिक कामदार भएको भन्दै हातखुट्टामा साङ्लोले बाँधेर राखियो । अप्रेसन भएकै दिन एक जना अरबी र पाकिस्तानीले अस्पतालमै गएर मुचुल्का उठाए । र अरबी भाषामा लेखिएको पत्रमा सहि गर्न लगाए । त्यो पत्रमा ‘ज्यान जानेको परिवारलाई क्षतिपूर्ति स्वरुप बीमा कम्पनी र लोकेशले गरी चार लाख दिर्हाम (झण्डै एक करोड १५ लाख रुपैयाँ) तिर्नुपर्ने’ लेखिएको रहेछ । त्यही कारणले लोकेश अप्ठेरोमा पर्नुभयो र मुद्दा लम्बियो । अर्कातिर बीमा कम्पनीले रकम बुझाउन ढिला गरेकाले उनको नेपाल फिर्ती ढिलो हुदै गयो ।

घाइते शरीर लिएर बिगत ४ बर्ष देखि युएईमा रहेको खतिवडाको स्वदेश फिर्ती हुने सुखद खबरले युएईमा रहेका नेपाली माझ खुशीले उत्साह छाएको साथै खतिवडाको नेपाल स्थिति परिवारलाई पनि नयाँ जीवन पाएको सरह भएको नेपाली जनसम्पर्क समिति युएई, शारजाह क्षेत्रका क्षेत्रीय सभापति शिव चालिसेले बताएका  स्वदेश नेपाल डटकमले लेखेको छ ।

दूतावासको लामो प्रयास तथा २५ मार्च २०१८ मा यस राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल सहितको टोली र अबुधावी अदालतका प्रमुख न्यायाधीशबीच भएको भेटघाटको परिणामस्वरूप लोकेश खतिवडाको अदालती कामकारबाही समाप्त भएको नेपाली दूतावासले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *