Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

चर्किएको घर(कथा)

चर्किएको घर(कथा)

ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो । उसले वार्दलीबाट सुदूर पूर्वको आकाश हेऱ्यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हेऱ्यो । हेर्दा हेर्दै हिजो मात्र बिताएका रमाइला क्षणको सम्झना आयो उसलाई । ती क्षण सम्झिदा पनि भित्रभित्रै काउकुति लागेर आयो । तिन दिन पहिले अफिसको काम छ भनेर बाहिरिएको थियो ऊ । अफिसको काम त बहाना थियो । ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो र मस्तरामको जिन्दगी बिताउँथ्यो ।

ऊ घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरेकी थिई । खुट्टा भाँचिएर थला परेकी भए पनि हर्षित हुँदै बैशाखीको सहाराले उठी । सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई । श्रीमानलाई ख्वाई । आफूले खाई । लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई । तर लोग्नेको अवस्था भने त्यस्तो थिएन । स्वास्नीलाई देख्दै निराश भएको थियो ऊ । उसको नागरिकताको नाम कृष्णहरि थियो । स्वास्नीले भने मायाले कृस भनेर संवोधन गर्थी उसलाई । मोटो र थुलथुले शरीर त्यसमा पनि भाँचिएको खुट्टा । कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो । ऊ मोटी मात्र हैन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई । ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन । तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परीजस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे ?’

कथाकार: विष्णु भण्डारी

कृष्णहरिले सुत्नेबेलामा भनेको थियो– ‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू केही छैन प्रिय !’ उसले यसो भन्दा स्वास्नी मुस्कुराएकी थिई । स्वास्नी केही बेर नबोली बसी । उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई– ‘भो भो चेपारे घस्नु पर्दैन । लोग्ने मान्छेको के भरोषा ?’ हुन त उसले स्वास्नीलाई यसैगरी फुर्काउँथ्यो सधैँ । यसैगरी चेपारे घस्थ्यो र प्रेमिकासँग मस्ती माथ्र्यो । तर यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो ।

साँझ खाना खाएर सुत्दा अलि अबेर भएको थियो । बिहान ब्युझँदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई । सधैँ यतिखेर उठिसक्थी । कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी । मिठा मिठा कुरा गर्थी र रमाउँथी । तर आज ऊ उठिन । उठाउँदा पनि उठिन । बरु अझै कुनातिर ढेपिएर सुती । उसले मनमनै सोच्यो– ‘सुत्दा त ठिकै थिई । के भएछ यो ढेब्बरीलाई ?’

विवाह गर्दा नै ऊ यस्तै मोटी र अग्ली थिई । उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान । यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो । भगवानलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट भगवान खुसी भए । स्वास्नीमात्र हैन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ । तर समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई ।

शनिवारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो । स्वास्नीका कारण आज झनै ढिला भएको थियो । पहिले त ऊ सञ्चो छैन भन्दै उठ्न मानिन । तर कान्छीले कर गरेपछि ऊ विस्तारै उठी र बैशाखीको सहाराले आरामगृह छिरी । उसका आँखाका डिल सुन्निएका थिए । रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो । आँखा राता र निन्याउरा थिए । निराश अनुहारमा उदासी छाएको थियो । नास्तामा जुस र कफी बाहेक केही लिइन उसले । कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो । बिचबिचमा उसलाई पनि पढ्दै थियो । ‘कतै मेरो राम कहानी त थाहा पाइन यसले ?’ उसलाई शङ्काले गाँज्दै थियो । मनमा अनेक तर्कना आए । अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाईहोली र ?’ भन्ने सोचेर ढुक्क भयो ऊ ।

खाना तयार गर्दै थिई कान्छीले । भान्सामा पाकेको मिष्ठान्नको वासना बेडरूमसम्म आउँदै थियो । ऊ घरी घरी भान्सामा जान्थ्यो । सहयोग गर्ने निहुँ पार्दै कान्छीको भर्खरै फक्रिदै गरेको जवानीलाई अङ्गालोमा कस्थ्यो र फेरि कोठामा आउँथ्यो । स्वास्नी ठुस्सिएर बसेकी थिई । ऊ बोलेकी थिइन । कृष्णहरि ऊसँगै बसेर उसको घुङ्ग्रिएको कपाल खेलाउँदै भन्यो– ‘किन, के भयो मेरो प्रियालाई ? भन न मेरो रानी ! सञ्चो भएन कि ?’ ऊ बोलिन । उसले केही बेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद गऱ्यो । सुन्तलाका केसराजस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो– ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय । बोलन ।’

उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान । यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो । भगवानलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट भगवान खुसी भए । स्वास्नीमात्र हैन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ । तर समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई ।

अब भने त्यो आइमाइले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैँ हेर्दै भनी– ‘यो संसारमा मजत्तिको प्यारो वस्तु अरू छैन, हैन ? तिमीले भन्न खोजेको यही हैन ?’

‘बाफ रे कस्ता डरलाग्दा आँखाले हेरेकी । निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले ।’ कृष्णहरिले मनमनै सोच्यो । ऊ एक पटक भित्रैदेखि काँप्यो । स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन । केही समय यसरी नै बित्यो । अन्तिममा उसले डराउँदै विस्तारै भन्यो– ‘हो प्रिय…..।’

कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध विस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो ।

वाक्य टुङ्ग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो । ‘भूकम्प !’ कान्छी चिच्याउँदै भ¥याङतिर भागी । कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो । अपाङ्ग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी । तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले । केही सेकेन्डमै घरका छाना खस्न लागे । हेर्दा हेर्दै उसको घर माटोढुङ्गाको ढेरमा परिणत भयो ।

‘दिदी ! खै दिदी ?’ कान्छी चिच्याई । उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो । ऊ यतिञ्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई ।

सबैतिर हाहाकार मच्चियो । एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो । मान्छेहरू रुँदै र चिच्याउँदै थिए । कसैले राम नाम जप्दै थिए भने कोही आफन्तलाई खोज्दै थिए । भाग्न सक्ने भागे नसक्ने भित्रै पुरिए । भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्दै थिए । कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी । ऊ बारम्बार दिदी भन्दै चिच्याउँदै थिई । तर घर यसरी भत्किएको थियो कि दिदी लापत्ता थिई । कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो । केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्झियो । दस वर्ष पहिलेको प्रेम कहानी सम्झियो । कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध विस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो ।

‘नरो, रोएर आउने हैन क्यारे !’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो । स्वास्नीलाई निकाल्न सक्ने सँभावना कतै थिएन । केही समयमै माइती आए । आफन्त र छिमेकी आए । सबै रोए, चिच्याए । कसैले ढुङ्गा पन्छाए कसैले माटो । तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात ! कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर ताजा स्मृतिमा हराउँदै थियो । एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो । विगत सम्झिदा उसका आँखा रसाए । ऊ भग्नावशेषमा घोप्टिएर क्वाँ क्वाँ रोयो । त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई । उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो । उसैको दाइजोमा श्यालको रजाइँ गरेको थियो । र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो ।

उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई भित्र्याउने छ । आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नै पर्थ्यो । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए ।

उसलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए । छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे । तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो । यी तिन दिन कृष्णहरिका लागि तिन वर्षजस्तै भए । बिच बिचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी । ‘किन निराश हुनु भएको ? म छु नि ।’ उसले ढाडस दिंदै भनेकी थिई । हुन पनि भूकम्प आएर राम्रै भएको थियो उसलाई । घर भत्किए पनि जग्गा र बैंक व्यालेन्स छँदै थियो । ससुरालीले दिएको महाराजगञ्जको घडेरी सुनजस्तै बहुमूल्य थियो । त्यही घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्थ्यो । प्रेमिकाको मोडलको जस्तो सलक्क परेको शरीर र सम्पत्ति सम्झिँदा उसको मन बौरिएर आयो । उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई भित्र्याउने छ । आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नै पर्थ्यो । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए ।

हेर्दा हेर्दै छरछिमेकी र आफन्तहरूको भीड लाग्यो । नभन्दै पाँच घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार भयो । यो देखेर सबै खुसीले पागलजस्तै चिच्याए ।

कृष्णहरिकी प्रेमिका भने अमिलो मुख लगाउँदै बाहिरिई ।

कृष्णहरिकी स्वास्नीलाई अस्पत्ताल भर्णा गरियो । ऊ केही दिनमै पूर्ववत् अवस्थामा आई । उसलाई खासै ठूलो चोट लागेको थिएन । भूकम्पले हुत्याउँदा ऊ भऱ्याङतिर लडेकी थिई । तिन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची । धेरैले भगवानको लीला भने । कसैले लोग्नेको मायाले उ बाँच्न सकी भने । तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने ।

उसलाई पाँच दिनको उपचारपछि डिस्चार्च गरिदै थियो । अस्पत्तालमा आफन्तको भीड लागेको थियो । अचम्म त यो बिचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन । ऊ सबैजसो समय टोलाएर बस्थी । ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली ?’ आफन्तका बिचमा खासखुस नचलेको होइन । तर यसको रहस्य ऊ बाहेक कसैलाई पनि थाहा थिएन ।

घर जाने दिन भने ऊ प्रफुल्ल देखिई । ‘सायद आफू जन्मे हुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला ।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे । गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी । के हुँदैछ भनेर सबैजना झिरिप्प जम्मा भए । उसले एक पटक सबैजनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी– ‘ल बाई ! कृष्णहरिजी ! म त बाबाको घर जाने भएँ । तपाई पनि आफ्नो घर जानु होला ।’

‘आफ्नो घर जानु होला रे !’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहो¥यायो । अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए । ऊ वाल्ल परेर हेरेको हे¥यै भयो । केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी– ‘म मान्छेसँग मात्र प्रेम गर्छु कृष्णहरिजी ।’

‘अनि ! के म अब मान्छे पनि रहिन ?’

‘तपाईभित्र मान्छे होइन सैतानले बास गरेको रहेछ कृष्णहरिजी । जसले मलाई होइन अरू कसैलाई प्रेम गर्छ ।’

‘अरू कसैलाई प्रेम गर्छ !’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो ।

‘हो कृष्णहरिजी ! भूकम्पको रातको च्याट हेर्नुहोला । तपाईंको मोवाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ । अनि तिन दिन रिसोर्टमा बिताउँदाका तस्विर पनि अझै सुरक्षित होलान् ।’

‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ । कोसँग गरेको संवाद हेरूँ मैले ।’
मेरो जीवनमा भूकम्प ११ गते राती ११ बजेर ५६ मिनट जाँदा आएको थियो कृृष्णहरिजी ।’

‘११ गते ? तिमी होसमा त छौ ?’

‘म पूर्ण होसमा छु । मेरो जीवनमा महा–भूकम्प १२ गते दिनको ११ बजेर ५६ मिनेट जाँदा गएको थिएन । त्योभन्दा ठिक १२ घन्टा अघि गएको थियो । जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ ।’

‘च्याटमा थिएँ ?’

‘हो कृष्णहरिजी ! तपाईंको सेलफोनमा फेसबुक लग इन थियो । मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुनसक्छ भन्ने कुरो । उसले तपाईंलाई म्यासेज पठाएकी थिई । तर त्यसको रिपलाई मैले गरेँ र सारा रहस्य पत्ता लगाएँ । त्यो संवादले मेरो जीवनमा १० रेक्टरको भूकम्प गएको थियो ।’ ऊ यसरी बोल्दै गर्दा केहीबेर शान्त भई । लामो निश्वास छोडी र फेरि कृष्णहरिको अनुहारमा हेर्दै भनी– ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ । चर्किएको घर आखिर छोड्नै पर्छ । हैन र कृष्णहरिजी ?’

‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय ! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुश्मन पनि त हुन सक्छ ।’

‘हो, तपाईंले ठिक भन्नु भयो । त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुश्मन हो भन्नेमा म पूर्ण सहमत छु । सौताभन्दा ठूलो दुश्मन महिलाका लागि अरू को नै हुन सक्छ र !’ उसले केही बेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी– ‘भूकम्पले चर्किएको घर र सौता उस्तै उस्तै हुन् कृष्णहरिजी ।’


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *