Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

अमेरिकाको लस एन्जल्समा विवेकशील साझा

अमेरिकाको लस एन्जल्समा विवेकशील साझा

यहि मिति २०१८ अप्रिल १,आइतबार क्यालिफोर्नियाको लस एन्जेल्समा बसेको नेपालीहरुको भेलाले डा. राजेन्द्र पंगेनीको संयोजकत्वमा १ जना सल्लाहकार लगायत ७ सदस्यीय विवेकशील साझा सद्भाव समुह, लस एन्जेल्स निर्माण गरेको गरिएको खबर प्राप्त भएको छ।

संयोग नै मान्नु पर्छ अधिकांश सदस्यहरु बिभिन्न क्षेत्रका बैज्ञानिक समावेश भएको उक्त समिति भित्र रहेका सदस्यहरुको नाम यसप्रकार रहेको छ:

१) डा. राजेन्द्र पंगेनी-संयोजक
२) डा. दिवाकर सिग्देल-सदस्य
३) गंगाराम पाण्डे- सदस्य
४) जुनुपा अधिकारी-सदस्य
५) डा. नमूना पाण्डे-सदस्य
६) डा. राकेश देशार-सदस्य
७) डा. श्याम चौरासिया-सदस्य

त्यसै गरी डा. सन्तोष खड्कालाई सद्भाव समूहको सल्लाहकार को रुपमा राखिएको छ। अमेरिकाबाटै बिद्यावारिधी सकेका डा. सन्तोष खड्का अहिले क्यालिफोर्नियाको एक विश्वविद्यालयमा सहायक प्राध्यापकको रुपमा कार्यरत छन्।

संयोजक डा. राजेन्द्र पंगेनी, तथा सदस्यहरु डा. राकेश देशार र डा. श्याम चौरासियाले क्रमश बेलायत, दक्षिण कोरिया र क्यानाडाबाट बिद्यावारिधी गरेका हुन्,सदस्यहरु मध्ये डा. नमूना पाण्डे र डा. दिवाकर सिग्देलले अमेरिकाबाटै बिद्यावारिधी गरेका हुन्, उनीहरु सबै जना अहिले लस एन्जेल्समा बिज्ञान प्रविधिकै क्षेत्रमा अनुसन्धानकर्ताको रुपमा कार्यरत छन्।

त्यसै गरि जुनुपा अधिकारी कोरियामा नर्सिङ्ग बिषयमा स्नातकको अध्ययन सकेर उच्च अध्ययनको लागि अमेरिका आएकी हुन् ।नेपालबाट स्नातकको अध्ययन सकेर अमेरिका आएका गंगाराम पाण्डे अहिले अमेरिकामै कार्यरत छन्।

साथै समितिलाई जतिसक्दो समाबेशी बनाउने प्रयत्न गरिएको छ र सबै समिति सदस्यहरुको सल्लाह बमोजिम सदस्य संख्याहरु बढाउदै लैजाने निर्णय समेत गरिएको संयोजक पंगेनीले बताउनु भयो।विवेकशील साझा सद्भाव समूहमा यसरी बैज्ञानिक तथा बिशेषज्ञहरु संगठित भए पछि अमेरिकी डायोस्पोरामा अत्यन्तै महत्वका साथ हेरिएको छ।

यस अघि अमेरिकाको सिकागोमा मेदिनी संग्रौला र टेक्सासको डालासमा ज्ञानेन्द्र बोहराको संयोजकत्वमा विवेकशील साझा सद्भाव समूह गठन भईसकेको छ भने अन्य राज्यहरुमा पनि बन्ने क्रममा छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *