Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

रुसले चेतावनी दिदै भन्यो- बेलायतले आगोसँग खेलिरहेको छ,पछुताउँन पर्छ

रुसले चेतावनी दिदै भन्यो- बेलायतले आगोसँग खेलिरहेको छ,पछुताउँन पर्छ

रुसले बेलायतले हालै एक पूर्व रुसी जासूस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले “झूटो कथा रचेको” र “आगोसँग खेलेको” आरोप लगाएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी राजदूतले बेलायतको उद्देश्य रुसलाई अवैध ठहर्‍याउननु रहेको बताए।तर बेलायतले सोल्ज्‍बरी नगरमा भएको आक्रमणमा रुस जिम्मेदार रहेको बताउँदै आएको छ।

पूर्वी रुसी जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई गत महिना बेलायतको सोल्ज्‍बरीमा स्नायु प्रणालीमा असर पार्ने विष दिइएको थियो।त्यो विषको नाम रुसी रहेको छ।त्यो घटनामा रुस जिम्मेवार रहेको बेलायतको भनाइ छ।

तर संयुक्त राष्ट्रसंघमा बोल्दै रुसी राजदूतले बेलायतले “झूटो कथा रचेको” आरोप लगाउँदै विष प्रकरणमा रुसको संलग्नता नरहेको दोहोर्‍याए।

रुसी राजदूत भसिली नेबेन्जियाले बेलायतले “डरलाग्दो र अपुष्ट आरोप” लगाएर “आगोसँग खेलीरहेको” आरोप लगाए।

“तपाईँ यो भन्दा राम्रो झुटो कथा लिएर किन आउन सक्नुभएन? हामी सबैलाई थाहा छ बेलायतले हासिल गर्ने गोप्य सुचना कस्ता हुन्छन् भनेर टोनी ब्लेयरको कथाले देखाइसकेको छ।”हामीले बेलायत साथीहरूलाई भनिसकेका छौं ‘तपाईँ आगोसँग खेल्दै हुनुहुन्छ र तपाईँहरूले पछुताउँनै पर्छ’।”

‘कडा’
रुसी राजदूत नेबेन्जियाले सेर्गेइ स्क्रिपाललाई दिइएको नोभिचोक भनिने स्नायुमा असर पुर्‍याउँने विषको नाम रुसी भएको स्वीकार गरे।तर उनले त्यो रुसका दर्ता नभएको बताए।बेलायतकी राजदूत क्यारेन पियर्सले “सबैखाले निगरानी विरुद्ध बेलायत कडा रूपमा प्रस्तुत हुने” बताइन्।उनले विष प्रकरणको संयुक्तरूपमा अनुसन्धान गर्ने रुसी प्रस्ताव उचित नभएको बताइन्।बीबीसीबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *