Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

रञ्जु दर्शनालार्इ किन पर्क्र्याे प्रहरीले ?

रञ्जु दर्शनालार्इ किन पर्क्र्याे प्रहरीले ?

विवेकशील साझा पार्टीकी हाेनहार नेतृ, काठमाडाैं महानगरपालिकाकी सल्लाहकार लाेकप्रिय नेतृ रञ्जु दर्शनामाथि प्रहरीले धरपकड गरेकाे छ ।स्थानीय तहकाे निर्वाचनमा सबैकाे अनुमानविपरीत लाेकप्रिय मत ल्यार्इ तेस्राे स्थानमा अाएकी रञ्जुमाथि मंगलबार प्रहरीले धरपकड गरेकाे हाे ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीकाे नागरिकता छानविन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि धरपकड गर्ने क्रममा रञ्जु दर्शनामाथि प्रहरीले धरपकड गरेकाे हाे ।

स्वास्थ्य क्षेत्रमा सुधारकाे माग राखी पटकपटक अामरण अनशन गर्दै अाएका अभियन्ता डा. गाेविन्द केसीकाे अभियानमा सहयाेग गर्दै मंगलबार युवाहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी विवेकशील् साझा पार्टीलार्इ माया गर्ने थुप्रै युवालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

यसैबीच, अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसी मंगलबार तारेख बुझ्न सर्वोच्च अदालत पुगेका छन् ।

अदालतमा उपस्थित भएर लिखित बयान बुझाएका केसीले गलत निर्णय र गलत काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेका छन् ।

न्यायालयको शुद्धीकरणका लागि आफूले बोलेको उनले बताउँदै आएका छन् । उनले चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन् ।

पुस २६ गतेको सर्वोच्चको आदेशअनुसार केसी अदालतमा हाजिर भएका हुन्। केसीलाई अर्को तारेख फागुन १५ गतेका लागि तोकिएको छ । अदालतले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।

केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत माफियाको मतियारका रुपमा काम गरेको अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए । केसीको अनशनपछि सर्वोच्च प्रशासनले अवहेलना मुद्दा चलाएको थियो।source-kantipurlive.


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *