Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

{Breaking news}मन्त्रीकै घरमा चाेरी ! ६ लाखकाे धनमाल गायब, गृहमन्त्री बादललार्इ पर्याे दबाब

{Breaking news}मन्त्रीकै घरमा चाेरी ! ६ लाखकाे धनमाल गायब, गृहमन्त्री बादललार्इ पर्याे दबाब

सरकारले शान्ति सुरक्षाकाे अवस्था मजबुद बनाउन सबै निकायलार्इ चुस्त बनाएकाे दावी गरिरहेका वेला मन्त्रीकै घरमा चाेरी भएकाे छ ।
त्याे पनि चर्चित मन्त्रीकाे घरमा चाेरी भएकाे हाे । चाेरले मन्त्रीकाे घरबाट करिब ६ लाख रुपैयाँबराबरको धनमाल गायब पारेकाे छ ।
प्रदेश ३ का भौतीक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो ।

राजधानीबासीका लागि स्थापित निकै चर्चित व्यक्ति हुन् । कुनै समय काठमाडाैं महानगरपालिकाकाे मेयर हुँदा उनले गरेका कामकाे अहिले पनि तारिफ हुनेगर्छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि दिउँसो करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो ।

सुन लगायत धनमाल चोरी भएका छन् । मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

शंकास्पद व्यक्तिहरूमाथि छानबिन भइरहेको बौद्ध वृत्तका डिएसपी अच्युत पुडासैनीले बताए ।

मन्त्रीकै घरमा चाेरी भएपछि शान्ति सुरक्षाकाे बन्दाेबस्तमा लागेका गृहमन्त्री रामबहादुर थापा बादललार्इ समेत दबाब परेकाे बताइन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *