Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

किन चिलाउँछ हल्केला, पैसा आउने भएर हो ?

किन चिलाउँछ हल्केला, पैसा आउने भएर हो ?

हत्केला शरीरको संवेदनशील अंग मध्ये एक हो । यो मानिसको सवैभन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसेले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभाव पार्दछ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतासँग पनि जोडिएको पाइन्छ । तर हत्केला चिलाउनुको पैसासँग कुनै साइनो छैन । स्वास्थ्य विज्ञानका अनुसार हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहरुको परिणाम हो वा रोगको संकेत हो ।Hands1छालाको कोषहरु तीब्र बृद्ध भएमा र छालाको सतहमा जम्मा भएपनि हत्केल चिलाउने गर्दछ । कहिलेकाहीँ छालालाई कन्याँउदा पनि यस्तो समस्या उत्पन्न हुन्छ । झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।

हत्केल चिलउनुका केही कारण र प्रकार यसप्रकार रहेका छन् ।

१. प्रइमेरी बिलियरी सिरहोसिस : लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भिर समस्या नआउँँदै हत्केला र पैताला चिलउने गर्दछ । चिलाउने समय र अवस्था फरक फरक हुन्छ । कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न इल एसिड हुँदा हात हत्केला चिलाउँछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ ।

खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ । यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ ।

३. कार्पल टनेल सिन्ड्रोमः नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो ।
औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ । एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ । नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ ।

४. इसेजमाः छालाको समस्याले पनि हत्केला चिलाउँछ । छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ । गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ । अधिकांश इसेज्माको उचित उपचार छैन ।

कसरी बच्ने ?
हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ । छालालाई कहिल्यै पनि सुख्खा नराख्ने । चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन् । समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ । हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ । हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन् । जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *