Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु, तीन जना घाइते

कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु, तीन जना घाइते

कैलालीको धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–११, बेलीको अम्बिका टोल बस्ने १४ वर्षीय अमन चौधरीको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार सोही स्थानमा बस्ने १२ वर्षिय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन कठायत घाइते भएका छन्।

घाइते तीन जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *