Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

दुवै खुट्टा गुमाएका बुढामगर यसवर्ष सगरमाथा नचढ्ने

दुवै खुट्टा गुमाएका बुढामगर यसवर्ष सगरमाथा नचढ्ने

सर्बोच्च अदालतले अपाङ्गलाई हिमाल चढ्ने बाटो खोलिदिएको भएपनि दुवै खुट्टा गुमाएका हरि बुढामगर यो वर्ष सगरमाथा नचढ्ने भएका छन् ।

८ वर्ष अघि नै अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले यो वर्ष सरकारको निर्णयका कारण आवश्यक तयारी गर्न नभ्याएको बताएका छन् । उनीजस्तै दुवै खुट्टा गुमाएका चिनियाँ नागरिक वर्षीय सिया बायु भने सगरमाथा चढ्न लागेको छन् ।

बुढागमगरले शरद ऋतुमासगरमाथा चढ्ने योजना बनाएका थिए । तर सरकारले गत डिसेम्बरमा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ लाई संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई पनि आरोहण अनुमतिमा रोक लगाएको थियो । यो सागै उनको योजना तुहिएको थियो ।

सर्बाेच्चले अन्तरिम आदेश जारी गर्दै पर्वतारोहण सम्बन्धी नियमावलीे खारेज गरेपछि दुवै खुट्टा गुमाएकालाई पनि सगरमाथा चढ्ने बाटो खुला भएको छ । तर, सगरमामाथा चढ्नका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न नभ्याएकाले उनले यो वर्षको आरोहण रद्द गरेका छन् ।

बेलायतबाट अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने ‘अदालतले अन्तरिम आदेश जारी गरेर हामीलाई सगरमाथा चढ्ने बाटो खोलेको छ, आशा छ यसले सदैव निरन्तरता पाउने छ ।’ बुढामगरले अर्काे वर्ष सगरमाथा चढ्ने बताएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *