Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई २४ वर्ष जेल

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई २४ वर्ष जेल

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेुलाई त्यहाँको एक अदालतले भ्रष्टाचार मुद्दामा २४ वर्षको जेल सजाय सुनाएको छ। उनलाई १८ बिलियन वन जरिवाना समेत गरिएको छ। १६ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा, शक्तिको दुरुपयोग र घुसखोरीलगायत मुद्दामा उनलाई सोल स्थित सेन्टर डिस्टिक कोर्टले २४ वर्षको जेल सजाय सुनाएको हो।

शुक्रबार भएको फैसला अनुसार उनलाई २४ बर्ष जेल सजाय र १ करोड ७० लाख अमेरिकी डरल जरिवाना सजाय सुनाइएको छ । ६६ वर्षीय पूर्वराष्ट्रपति पार्क एक वर्षअघिदेखि नै थुनामा छिन् ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनको मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई लामो समयदेखि थुनामा राखिएको थियो । उनले गरेको भ्रष्टाचार मुद्दामा सरकारी वकिलले ३० वर्षको जेल माग गरेका थिए ।

पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । पदमा रहँदा उनले शक्तिको दुरुपयोग व्यापक रुपमा गरेको आरोप थियो ।

भ्रष्टाचारको अभियोगमा पार्क एक वर्षअघि राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन्। संसदबाट महाअभियोग लगाइएकी उनी संबैधानिक अदालतको आदेशबाट पदमुक्त भएकी थिइन्। राष्ट्रपति पार्कलाई पदको दुरुपयोग गरेको अभियोगमा सन् २०१६ डिसेम्बरमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरी पारित गरेको थियो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *