Search
Thursday 26 April 2018
  • :
  • :

सलमान खानलाई जेलमा पार्ने कृष्णसार कस्तो? नेपालको कानुन लागेको भए १० वर्षसम्म जेल बस्नुपर्थ्यो

सलमान खानलाई जेलमा पार्ने कृष्णसार कस्तो? नेपालको कानुन लागेको भए १० वर्षसम्म जेल बस्नुपर्थ्यो

२० वर्षअघि मारिएको भनिएको दुईवटा कृष्णसार प्रजातिको वन्यजन्तुको लागि जोधपुर अदालतले बलिउड हिरो सलमान खानलाई दोषी ठहर गरी ५ वर्ष कैद र केही जरिवानाको सजाय बिहीबार सुनायो। भारतीय कलाकारहरुले कानुनको सम्मान गर्ने भने पनि सर्वोच्च अदालतले न्याय गर्ने आशा पनि गरेका छन्।

उनले सर्वोच्च अदालतमा पुनरावलोकनको लागि आवेदन गर्न पाउने छन्। उनका सहयोगी मानिएका अन्य कलाकारहरु भने निर्दोष ठहर भए। कम्तिमा धरौटीमा ननिस्केसम्म सलमान भने जेलमा नै रहने छन्।

खासमा के भएको थियो ?
२० वर्षअघि सलमान खान ‘हम साथ साथ है’ फिल्मको को सुटिङको क्रममा राजस्थानको जोधपुर पुगेका थिए। रातको समयमा निजी कारबाट कृष्णसारलाई गोली हानिएको र पछि भागेको बताइन्छ। स्थानीय विषनोई समुदायले यो प्रजातिलाई १५ औँ शताब्दीका आफ्ना गुरुको अवतार मानेर पूजा गर्छन्। स्थानीय पूनमचन्द विषनोईले आफूले बन्दुकको आवाज सुनेको र गाडीको नम्बर समेत टिपेकोबताएका थिए। सोही प्रमाणहरूको आधारमा बिहीबार सो निर्णय सुनाइएको थियो।

कृष्णसार कस्तो वन्यजन्तु हो ?
कृष्णसार मृग होइन, तर एन्टिलोप हो। मृगहरुको भालेको सिङ हाँगा परेको हुन्छ, जुन प्रत्येक वर्ष फेरि रहन्छ। तर एन्टिलोपको सिङ एउटा मात्र हुन्छ र जीवनभर स्थायी हुन्छन्।

कुनै समयमा भारतीय उपमहाद्विपभर पाइने यो वन्यजन्तु हाल नेपाल र भारतमा मात्र पाइन्छन्। पाकिस्तान र बंगलादेशबाट लोप भएको अनुमान गरिएको छ। अर्जेन्टिना र अमेरिकामा यतैबाट लगिएको करिब ४० हजारको संख्यामा कृष्णसार रहेका छन्। सलमान खानले मारेको समयमा भारतभर करिब ५० हजारको संख्यामा कृष्णसार रहेको अनुमान गरिएको थियो। अहिले पनि राजस्थानमा सबैभन्दा बढी रहेका छन्।

यिनीहरुले घाँसे मैदान, फाट्टफुट्ट रुख भएको क्षेत्र तथा बस्ती नजिकका कृषि क्षेत्र मन पराउँछन्। घाँसे मैदानमा उफ्रिँदा औधी राम्रो देखिन्छन्। नियमित पानी आवश्यक पर्ने भएकोले पानी भएको क्षेत्रलाई सकेसम्म छोड्दैनन्। पोथी ३०-४० किलोसम्म र भाले ३५-५५ किलोसम्मको तौल हुने यिनीहरु समूहमा बस्छन्। यिनको करिब १२-१५ वर्ष आयु हुन्छ।

कृष्णसार मार्दा कस्तो सजाय हुन्छ ?
कृष्णसारलाई भारत र नेपाल दुवै देशमा संरक्षित स्तनधारीको सूचीमा राखिएको छ। यसलाई कुनै पनि हिसाबले समात्न, मार्न, दुःख दिन र व्यापार गर्न कानुनले प्रतिबन्ध गरेको छ। विश्व संरक्षण संघले १९९० को दशकमा यो प्रजातिलाई संवेदनशील (Vu।nerab।e)मान्थ्यो। तर अहिले भने कम चासो भएको प्रजातिको (।east Concern) सूचीमा राखिएको छ।

भारतीय वन्यजन्तु संरक्षण ऐन अनुसार अनुसूची १ देखि ४ सम्म सूचिकृत वन्यजन्तुलाई कसैले पनि सिकार गर्न नपाउने उल्लेख छ। कृष्णसारलाई अनुसूची १ मा राखिएको छ। कृष्णसार मारेमा वा कुनै नोक्सान पुर्यातउने कोशिश गरेमा १ देखि ६ वर्षसम्म कैद र कम्तिमा ८ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

नेपालको कानून भने भारतको भन्दा कडा रहेको छ।

जानी-जानी मद्दत गर्ने मतियारलाई, कसुरदारको भन्दा आधा सजाय हुन्छ। मुद्दा हेर्ने अधिकारीले सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीसाधन र अन्य वस्तुहरु पनि जफत गर्न सक्छन्।
नेपालमा यो प्रजातिलाई कसरी संरक्षण गरिएको छ?
१९६० को दशकमा पश्चिम नेपालको बर्दिया, बाँके र कन्चनपुर जिल्लामा समेत अभिलेख गरिएको थियो। अहिले भने यिनको प्राकृतिक रुपमा उपस्थिति बर्दिया जिल्लामा मात्र सीमित छ।

पछिल्लो समयमा चोरी शिकारी, खेतबारीमा प्रवेश, घाँसे मैदानको कमी र विभिन्न रोगहरुले गर्दा यिनको अवस्था त्यति राम्रो छैन। नेपाल सरकारले भने यो प्रजातिलाई अति संवेदनशील प्रजाति भनेर रातो सूचीमा उल्लेख गरेको छ।

२०६५ सालदेखि बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसारको प्राकृतिक वासस्थानलाई संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्न थालेको हो। तराईको एकमात्र संरक्षण क्षेत्रको रुपमा रहेको ‘कृष्णसार संरक्षण क्षेत्र’ १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा २०० भन्दा बढी कृष्णसार रहेका छन्।

सुक्लाफाँटा राष्ट्रिय निकुन्जको हिरापुर फाँटामा स्थानान्तर गरिएका कृष्णसारहरु

यिनको दीर्घकालीन संरक्षणको लागि भनेर विभिन्न ठाउँबाट शुक्लाफाँटा राष्ट्रिय निकुन्जको हिरापुर फाँटामा स्थानान्तरणसमेत गरिएको छ। १७ हेक्टर क्षेत्रलाई घेरेर विभिन्न स्थानबाट कृष्णसार लगेर राखिएको छ। प्रजनन् गराई प्राकृतिक वासस्थानमा छोड्ने ‘राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग’को योजना रहेको छ। यसको लागि कार्ययोजना बनाई ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।

यो प्रजातिको स्थानान्तरण नेपालमा सन् १९७७ देखि गरिए पनि सफल हुन सकेको थिएन । त्यसैले हाल काँडेतार लगाएर हिरापुर फाँटामा सुरु गरिएको हो । सन् २०१२ बाट शुरु गरिएको यो प्रयास हाल सफलतातर्फ उन्मुख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *