Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

आज साताको अन्तिम दिन यस्तो छ सुनचाँदीको मुल्य !

आज साताको अन्तिम दिन यस्तो छ सुनचाँदीको मुल्य !

काठमाडौँ, चैत्र २३। आज साताको अन्तिम दिन सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत मंगलबारदेखि लगातार घटेको घटेको सुनको मुल्य आज बढेको हो। आज छापावाला सुनको मुल्य प्रतितोला ५७ हजार ९ सय रुपैयामा कारोबार भैरहेको छ। साथै आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार ६ सय रुपैया कायम रहेको छ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ। बिहिबार प्रतितोला ७ सय ३५ रुपैयामा कायम रहेको चाँदीको मुल्य आज तोलामा ७ सय ४० रुपैयामा कायम रहेको महासंघले जनाएको छ।

भूकम्प प्रभावितले अझै राहत पाउन सकेनन्

चैत २३, काठमाडौं, राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विध्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु.तीन लाख उपलब्ध गराउन नसकिएको उनले बताए ।

वि.स.२०७२ मा गएको भूकम्पबाट सात हजार पाँच सय ५३ विध्यालयमा क्षति पुगेकामा तीन हजार विध्यालय बनिसकेको र एक हजार सात सय विध्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, सात सय ५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब एक सय सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । (रासस)


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *