Search
Wednesday 19 December 2018
  • :
  • :

आयो अर्को दुखद खबर फेरी कुटे प्रहरीलाइ मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा

आयो अर्को दुखद खबर फेरी कुटे प्रहरीलाइ मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा

मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा छोप्राक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नवराज केसी घाइते भएका छन् बिहीबार राति सिरानचोक गाउँपालिका–५ छोप्राकको पहिचान ग्रिल उद्योगमा युवाहरुले ढुङ्गामुढा गरेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो ।

‘प्रहरी पुग्नासाथ युवाहरुले रड र दाउराले आक्रमण गरेछन्,’ एसपी प्रकाश अधिकारीले भने । घाइते प्रहरीको टाउको र अनुहारमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भएको एसपी अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न दुइ युवाहरुलाई प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको छ । स्थानीय सुरेश बानियाँ र सुमन विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले भने, ‘घटनामा संलग्नहरु अरु पनि छन्, खोजी गरिरहेका छौँ, अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’प्रकाशित : चैत्र २३, २०७४ १०:५०.

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *