Search
Tuesday 18 December 2018
  • :
  • :

जो जो युवा क्लबले मलेसिया ब्यापी फुटबल प्रतियोगिता आयोजना गर्दै

जो जो युवा क्लबले मलेसिया ब्यापी फुटबल प्रतियोगिता आयोजना गर्दै

कृष्ण भीर , मलेसिया /गत बर्षहरुझै यो बर्ष पनि मुस्लिम धर्मावलम्बीहरुको महान पर्व हरिरायको पावन अवसरमा मलेसियाको मलक्का राज्यको मजिस्थाना स्थिति जो जो युवा क्लबले मलेसिया ब्यापी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। जुन महिनाको 15 र 16 तारीख खेल भब्य हुनेछ ।

केहि बर्ष देखि लगातार छुट्टीको समयलाई सदुपयोग एवं भेटघाट अत्यन्तै रमाइलो साथै नेपाली नेपाली दाजुभाइ दिदिबहिनी प्रती भाइचाराको बिकाश हुने भएकोले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जो जो मगरले जानकारी गराउनुभयो ।

मलेसियामा रहेका फुटबल प्रेमिले खेलमा आबद्ध हुनकालागी मलेसियान RM 1099 रिंगेट टिम दर्ता शुल्क लाग्ने छ । खेलमा प्रथम हुने खेल समुहलेRM 6000 रिंगेट सहित शिल्ड मेड्ल र प्रमाणपत्र प्रप्त गर्नेछ त्यस्तै दोश्रो हुने खेल समुहले RM 3000 रिंगेट शिल्ड मेड्ल र प्रमाणपत्र प्रदान गरिने कुरा क्लबका सचिब हरि बास्कोटाले जानकारी दिनुभयो ।

त्यस्तै खेलको दोश्रो दिन भनौ या फाइनलको दिन बेलुका सिंगल आइट्म डान्स प्रतियोगिता पनि हुने भएको छ छुट्टी मनाउने मात्रै नभएर लुकेर रहेको प्रतिभालाई उचित माया र सम्मान गर्ने आभिप्रायले उक्त योजना भएकोकुरा जो जो मगर बताउनु हुन्छ ।

उत्कृष्ट डान्स गर्ने डान्सर लाई मुल्यांकनका आधारमा एउटा म्युजिक भिडियोको अवसर साथै कार्यक्रममा सम्मान पत्रले सम्मान गरिने छ साथै दोश्रो हुने डान्सरलाई आकर्षक पुरस्कर साथै प्रमाणपत्रले सम्मान गरिने कुरा जानकारी गराउनुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *