Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

श्रीमान् पसिना बगाउन व्यस्त, श्रीमती जुवाको खालमा मस्त

श्रीमान् पसिना बगाउन व्यस्त, श्रीमती जुवाको खालमा मस्त

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडाँैंले सामाजिक विकृति विरुद्धको कारवाही अभियानअन्तर्गत राजधानीमा जुवाडेहरूलाई पक्राउ गर्न थालेको छ ।

महानगरीय प्रहरी कार्यालय र परिसरले यस हप्ता गोकर्णेश्वर, गोंगबु नयाँबसपार्क, मित्रनगर, कुलेश्वर ह्वाइट र तारकेश्वरमा छापामारी ५० जनालाई जुवा खेलेको अभियोगमा पक्राउ गरेको छ । उनीहरूका साथबाट करिब १८ लाख ९० हजार रुपियाँ बरामद भएको छ ।

काठमाडौँ परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार तारकेश्वर कैलाशटोलस्थित कोपिला अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार रुपियाँसहित १७ जना र कुलेश्वर ह्वाइटस्थित अजयकुमार शाक्यको घरबाट दुई लाख रुपियाँसहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

त्यस्तै, गोंगबुबाट पाँच लाख ९३ हजार रुपियाँसहित पाँचजना र गोकर्णेश्वरस्थित पूर्ण लामाको घरबाट छ लाख ४० हजार रुपियाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवा अखडाबाट पक्राउ परेका अधिकांश महिलाहरूका श्रीमान् वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

‘श्रीमान् विदेशमा दुःख गर्ने, तर श्रीमती अर्कै व्यक्तिसँग टाँसिएर जुवा अखडामा मस्ती गर्ने गरेका छन्” परिसर प्रमुख पोखरेलले भन्नुभयो । जुवा खालमा नगद खर्च गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ ।

जुवाका अखडाबाट एक आपसमा चिनजान हुने र जुवा जित्नेले मनोरञ्जन गराउने भन्दै महिलाहरूलाई राति डिस्को, डान्स र दोहोरीमा लैजाने गरेको पाइएको छ ।

यसैबीच, सुरक्षा निकायमा जागिर लगाई दिने प्रलोभन देखाई बेरोजगार युवालाई ठग्ने गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ घर भई हाल काठमाडौँ तारकेश्वर–११ बस्ने २८ वर्षीय मोहन दुरा, ४७ वर्षीय पशुपति अधिकारी, तनहुँ व्यास–११ घर भएका ४० वर्षीया यमुना खड्का र कास्की रूपा गाउँपालिका घर भई बनस्थली बस्ने ३९ वर्षीय रमेश कुमाल रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, उनीहरूले राष्ट्रिय अनुसन्धान विभागमा सिपाही पदमा जागिर लगाइदिने प्रलोभन देखाई एक व्यक्तिबाट दुई लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै सात लाख, मिसनमा नाम पारिदिने भन्दै एक सिपाहीबाट दुई लाख गरी ११ लाख रुपियाँ ठगी गरेका थिए ।

त्यस्तै, सोही समूहले वैदेशिक रोजागरीका लागि युरोपेली मुलुक पठाइदिने भन्दै यसअघि ४० जनाबाट करिब एक करोड १५ लाख रुपियाँ उठाएको अनुसन्धानबाट खुल्न आएको अनुसन्धानमा संलग्न परिसरका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताउनुभयोे ।

सर्वसाधारणलाई ठगी गर्ने क्रममा अभियुक्त मोहन दुराले आपूm नेपाली सेनाको जमदार तथा बहालवाला एक जर्नेलको पीए हुँ भन्ने गरेको र अभियुक्त यमुना खड्काले आपूmलाई राष्ट्रिय अनुसन्धान विभागको एक एआईजीको श्रीमती हुँ भनेर ठग्दै आएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच, नक्कली परिचयपत्र तथा शैक्षिक प्रमाणपत्र बनाउने कीर्तिपुर नगरपालिका–९ नयाँ बजारस्थित दुर्क कम्प्युटर सिस्टम सेन्टरका सञ्चालक दुर्कमान महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *