Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

नयाँदिल्लीः भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीहरुलाई सम्बोधन गर्दैछन् ।

दिल्लीस्थित ताज प्यालेस होटेलमा प्रधानमन्त्री ओलीले भारतीय व्यापारी र लगानीकर्ताको प्रमुख मुद्दाका रुपमा रहेको नेपालको जलविद्युत् क्षेत्रबारे सरकारको धारणा राख्दैछन् ।

भारतीय पक्षलाई नेपालको जलविद्युत्मा लागनीका लागि नेपाल सरकारको नीतिबारे उनले व्यापारीहरुलाई विश्वस्त बनाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले व्यापारीहरुको भेटको सुरुमा बोल्दै भारतीय पक्षको चासोलाई सम्बोधन गर्नका लागि ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई जिम्मेवारी दिएका छन् ।

‘मेरो भ्रमणको सुरुवातमै ब्यापारीबाट भेटघाट सुरुवात गरेँ’, उनले कार्यक्रमको सुरुमा भने, ‘तपाईँहरुका चासोलाई ऊर्जा सचिवले सम्बोधन गर्नुहुन्छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *