Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

{Breaking news}आयो अर्को दुखद खबर फेरी कुटे प्रहरीलाइ

{Breaking news}आयो अर्को दुखद खबर फेरी कुटे प्रहरीलाइ

मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा छोप्राक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नवराज केसी घाइते भएका छन् बिहीबार राति सिरानचोक गाउँपालिका–५ छोप्राकको पहिचान ग्रिल उद्योगमा युवाहरुले ढुङ्गामुढा गरेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । ‘प्रहरी पुग्नासाथ युवाहरुले रड र दाउराले आक्रमण गरेछन्,’ एसपी प्रकाश अधिकारीले भने । घाइते प्रहरीको टाउको र अनुहारमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भएको एसपी अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न दुइ युवाहरुलाई प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको छ । स्थानीय सुरेश बानियाँ र सुमन विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भने, ‘घटनामा संलग्नहरु अरु पनि छन्, खोजी गरिरहेका छौँ, अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’प्रकाशित : चैत्र २३, २०७४ १०:५०

यो पनि पद्नुहोस

विमानस्थल अध्यागमन अस्तव्यस्त

काठमाडौं : गृह मन्त्रालयको स्वीकृति र सहमतिबिना सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) स्थित अध्यागमन कार्यालयबाट ३८ कर्मचारी सरुवा गरेपछि त्रिअवि अध्यागमन कार्यालय अस्तव्यस्त बनेको छ ।

सामान्य प्रशासन मन्त्रालयले आवश्यक अध्ययन नै नगरी कर्मचारी सरुवा गरेपछि त्रिअवि अध्यागमनका कर्मचारी र सेवाग्राही दुवैले सास्ती व्यहोर्दै आएका छन् । कर्मचारी अभाव भएपछि त्यहाँबाट दिइने सेवाबाट सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेका छन् । आवश्यक कर्मचारी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुने सेवाप्रवाह अस्तव्यस्त बनेको हो ।

गृह मन्त्रालयले समेत त्रिअवि अध्यागमनका कर्मचारी सरुवा गर्दा परामर्शसमेत नगरेको भन्दै सामान्य प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । त्रिअवि अध्यागमनमा किन कर्मचारी अभाव भएको हो भन्ने अन्नपूर्णको प्रश्नमा गृहका एक कर्मचारीले भने, ‘जसले सरुवा गरेको हो, उसैसँग सोध्नुहोस् ।

सामान्यमा सोध्नुहोस् न ।’ कर्मचारी अभावकै कारण तीन सिफ्टमा सञ्चालन हुँदै आएको त्रिअवि अध्यागमन कार्यालय बुधबार दुई सिफ्ट सञ्चालन भएको छ । थोरै जनशक्तिको भरमा काम गर्नुपर्दा कर्मचारी मानसिक दबाबमा काम गर्न बाध्य छन् भने सेवाग्राहीले गुणस्तरीय सेवा नपाएर थप सास्ती व्यहोर्नुपरेको छ । त्रिअवि अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले कर्मचारी अभावका कारण तीन सिफ्टबाट अध्यागमनका काम दुई सिफ्टमा झारिएको बताए ।

थपलियाले अन्नपूर्णसँग भने, ‘यहाँबाट सरुवा भएर गएका कर्मचारीको स्थानमा नयाँ कर्मचारी नखटाएपछि कर्मचारी त अपुग हुने नै भयो नि ! सकेसम्म सेवाग्राही मारमा नपरुन् भनेर सोहीअनुसार काम गरिरहेका छौं ।’

अध्यागमनको प्रस्थान कक्षमा केही सहज भए पनि आगमन कक्षबाट सबै प्रक्रिया पूरा गरी बाहिर निस्कन घण्टांै लाग्ने गरेको छ । विदेशीले भिसा लिनसमेत घण्टौं लाइन बस्नुपरेको स्रोतले बतायो । केही दिनअघि छड्के निरीक्षणका लागि त्रिअवि अध्यागमन कार्यालय पुगेको गृहमन्त्री रामबहादुर थापाले समेत प्राविधिक र जनशक्तिको पाटोमा खासै चासो नराखेको स्रोतको भनाइ छ ।

कुल १ सय ७२ जना दरबन्दी रहेको त्रिअवि अध्यागमन कार्यालयमा अहिले ७२ मात्र कर्मचारी कार्यरत छन् । तीन सिफ्ट हुँदासमेत एक पटकमा ४० अध्यागमन अधिकृत अध्यागमन डेस्कमा बस्नुपर्ने हुन्थ्यो जबकि त्यतिखेर पनि कर्मचारी अपुग नै थिए । तीन सिफ्टमा पनि पुगनपुग २० जनाले अध्यागमन डेस्कबाट सेवा प्रवाह गर्दै आएका थिए ।

अहिले दुई सिफ्टमा झार्दा पनि कर्मचारी अपुग नै छ । कर्मचारी सरुवा गर्ने र उनीहरूको सट्टामा गृहले कर्मचारी नखटाउनुले सेवा झन्झटिलो र अस्तव्यवस्त बनेको हो । गृहले कर्मचारी नभएकै कारण त्रिअवि अध्यागमनमा कर्मचारी खटाउन नसकिएको जनाएको छ ।

आवश्यक कर्मचारी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुने सेवाप्रवाह अस्तव्यस्त बनेको हो ।
अब दुई सिफ्ट मात्र चल्ने

अध्यागमन सुधारका नाममा सरकार फेरिएपिच्छे गृहमन्त्रीहरूले सुधारका योजना ल्याए पनि व्यावहारिक रूपमा उनीहरूले माखोसमेत मार्न सकेका छैनन् । प्राविधिक रूपले समेत अध्यागमन बलियो छैन । मंसिर ३ गते अध्यागमन सेवा चुस्त बनाउन र सेवाग्राहीले अनावश्यक दुःख नपाउन् भनेर तीन सिफ्टमा सेवाप्रवाह सुरु गरिएको थियो । तर, गृहले कर्मचारी अभाव भएको भन्दै बुधबारबाट दुई सिफ्टमा झार्ने निर्णय गरेको हो ।

बुधबार बिहान ६ देखि २ बजेसम्म एउटा र दिउँसो २ देखि राति साढे १२ बजेसम्म अर्को गरी दुई सिफ्टमा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । त्यसो गर्दा कर्मचारी बढी खटिनुपर्ने तर गुणस्तरमा कमी आउने आशंका बढेको छ ।

अघिल्लो साता गृह मन्त्रालयको कर्मचारी महाशाखाले केही कर्मचारी विमानस्थल अध्यागमन पठाउने तयारी गरेको भए पनि त्यहाँ कुन संगठनका कस्ता व्यक्ति पठाउने भन्नेमा विवाद भएपछि तत्कालका लागि सरुवा रोकिएको गृह स्रोतले बताएको छ । रातको समयमा जहाज नआउन्जेल अबेरसम्म पनि बस्नुपर्ने बाध्यता रहेको तर सेवा-सुविधामा भने उल्लेखनीय सुधार हुन नसकेको कर्मचारीले बताएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल चलाउने तयारी भइरहेको भन्ने अभिव्यक्ति दिएको केही दिनमै गृह मन्त्रालयले कर्मचारी अपुग भएको भन्दै दुई सिफ्ट मात्र चलाउन अध्यागमन विभागलाई दिर्नेशन दिएको हो । गृह मन्त्रालयले ०७० सालमा अध्यागमनको सांगठनिक सर्भे गरी विमानस्थल अध्यागमनलाई तीन सिफ्ट चलाउनुपर्ने निर्णय गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *