Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

सिर्जना साँस्कृतिक समूह साउदीले १३ अप्रिलमा साँस्कृतिक कार्यक्रमसहित नयाँ बर्ष मनाउने

सिर्जना साँस्कृतिक समूह साउदीले १३ अप्रिलमा साँस्कृतिक कार्यक्रमसहित नयाँ बर्ष मनाउने

सिर्जना साँस्कृतिक समूह साउदीले १३ अप्रिलमा साँस्कृतिक कार्यक्रमसहित नयाँ बर्ष मनाउने
नेपाली सिर्जना साँस्कृतिक समूह साउदीले नवबर्ष मनाउने भएको छ ।

नेपाली साहित्य,संगीत,कला र संस्कृतिका प्रबर्द्धनका लागि साउदीमा रहेका साँस्कृतिक समूहले नेपालीहरुको नवबर्ष २०७५ साललाई स्वागत गर्न शुभकामना आदानप्रदानसहित अप्रिल १३ मा रियादमा संस्कृतिक कार्यक्रम गरी मनाउने भएको हो ।

उक्त समूहले विगत भन्दा यसपटक कार्यक्रमलाई पृथक बनाउनका लागि साउदीमा रहेका बरिस्ठ गायक रबिन सुब्बा (फत्र) म्हेन्दोमाया गायक तथा तामाङ सेलो रोम लामा गायकहरु दिपक विक,तिलक गुरुङ,गुप्त विक,जितेन पाख्रीन,नागेस तामाङ,बाध्यबादक तर्फ बाँसुरीमा राज यात्री र हेमराज दुराका साथै विभिन्न नृत्य र समसामयिक बिषयमा प्रहसन,कविता,गजल लगायत अन्य बेजोड प्रस्तुति रहेने गायक रोमले बताए ।

साउदीमा रहेका युनाईटेड रेमिट र ढाका मेडिकलले सघाएका छन् भने रियाद स्थित १८ नं इस्तारहा हालमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र विगतमा भन्दा पृथक बनाउन यसपटक नृत्य र प्रहसन समेत थपिएको समूहका अध्यक्ष्य बिज्ञान राइले जानकारी गराए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *