Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

दर्शन समाज जापानद्वारा कलाकार निर्माता शाह सम्मानित

दर्शन समाज जापानद्वारा कलाकार निर्माता शाह सम्मानित

जापान – पछिल्लो समयमा देशबिदेशको कार्यक्रममा ब्यस्त नेपाली सांगीतिक क्षेत्रका पुराना अग्रज कलाकारहरु मध्यका अहिलेका ब्यस्त कलाकार हुन बिक्रमजंग शाह नेपाली सांगीतिक क्षेत्रमा अडियो,भिडियोको क्षेत्र खस्किएको बेला कलाकारहरु देश र बिदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त रहने गरेका छन । त्यसै ब्यस्त बिचको एउटा नाम हो बिक्रमजंग शाह। काभ्रेपलान्चोक जिल्लामा जन्मेका शाह कलाकारितामा केहि गर्ने अठोट र उनको भाषामा भन्नी हो । भने सांगीतिक क्षेत्र को भुत चडेर २०५७ सालमा समय कथा नामक टेलिसृखला निर्माता तथा नायकको भुमिकामा अभिनय गरेका शाहको आवाजमा बजारमा २०५८ सालमा रेकर्डिङ भएको काठे क्षेत्रको काठेभाका `भकुण्डेमा एउटा स्कुल छ।

निकै चर्चा र बिबादमा रहयो शाहले अहिले सम्झिएर त्यो जमनामा झन्डै २ लाखको क्यासेट बिक्री हुदा सपना जस्तै लागेको बताए झण्डै १ दर्जन गीतमा आवाज दिएका शाह सांगीतिक क्षेत्रमा प्रबेश गर्दा निकै संघर्ष गरेको संघर्षको दिनहरु सम्झदा भावुक भए कलाकार शाह निरन्तर यस क्षेत्रमा केही गर्ने आटका साथ अघि बढिरहे उनले त्यसपछि कलाकारहरुलाई अबसर दिने लक्ष्य लिएर उनले महोत्सवको योजना लिएर पहिलो रानीपोखरी महोत्सवको योजना सहित रानीपोखरी महोत्सव आयोजना गरेको स्मरण गर्दै उनी भन्छन ।
हप्ता दिन भनेर आयोजना गरेको सो महोत्सव ३ महिना सम्म चलेको स्मरण गर्दछन उनी थप्छन रानीपोखरी महोत्सवबाट निकै कलाकार जन्मिएकाले अग्रज कलाकार जन्माएको उनी स्मरण गर्दछन। त्यस महोत्सव बाट जन्मिएका अहिले का चर्चित कलाकार ले गुरु भन्दा आफू निकै हर्सित भएको बताए । सो महोत्सव गर्दा केही उत्साह, आट आएर काभ्रेको बनेपा,साघा,धुलिखेल पातलिखेत, भकुन्डे बेसी महोत्सव आयोजना गर्ने पहिलो ब्यक्तीको नाममा परिचीत छ्न । निरन्तर सांगीतिक क्षेत्र लाई निरन्तरता दिदै कलाकार शाहले चलचित्रमा रुचि भएकाले चलचित्र निर्माणका क्रममा महानायक राजेश हमाल तृप्ति नाटकरलाई पल्टल चलचित्रमा भुमिका दिएर निर्माता र कलाकारको भुमिका रहेका छन।

मलेसियामा आयोजना हुने युनिक धमाका १ देखि ७ सम्मका आफ्नो प्रस्तुति दिएर चर्चामा रहेका कलाकार शाह जापानमा रहेको दर्शन समाज जापानको बार्षिक अधिबेशनमा सहभागी हुनका लागि समाजका अध्यक्ष सुरज मल्लले अग्रिम निमन्त्रणा दिई सकेको शाह बताउदछन।अहिले आएर उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिसृखला डिट्ठा सापका पाख्रीन काकाका नामले चर्चित शाह इजरायल,स्विजरल्याण्ड,थाइल्यान्ड,सिंगापुर ,मलेसिया,साउदी र बहराइन लगाएत झन्डै ३३ देशको सांगीतिक यात्रा गरिसकेका शाह केही दिन अगाडिको सांगीतिक कार्यक्रमको सिलसिलामा सिंगापुर,मलेसिया,कोरिया हुँदै दर्शन समाज जापानको एक भब्य कार्यक्रमका बिच सम्मानित भएका छन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *